आईसीसी च्याम्पियन्स ट्रफी २०२५ःगोल्डन ब्याट जित्ने रेसमा रचिन, कोहली र श्रेयस

IMG-20250306-WA0274

नयाँ दिल्ली: भारत र न्यूजील्याण्डबीच च्याम्पियन्स ट्रफी २०२५-को फाइनल आइतवार दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ। यस अवधि सबैको नजर टुर्नामेण्टमा सर्वाधिक रन बनाउने खेलाड़ीमाधि रहनेछ, जसलाई गोल्डन ब्याट पुरस्कार प्राप्त हुनेछ। यसको निम्ति न्यूजील्याण्डका रचिन रविन्द्र र भारतका विराट कोहलीबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियन्स ट्रफी २०२५-मा सर्वाधिक २२७ रन ईंग्ल्याण्डका बेन डकेटले बनाएका छन् तर उनको टीम टुर्नामेण्टबाट बाहिर भइसकेको छ। दोस्रो स्थानमा २२६ रनको साथ रचिन रहेका छन्। त्यसपछि ईंग्ल्याण्डकै जो रुटले २२५ रन बनाएका छन्। कोहली २१७ रनको साथ चौथो अनि अफगानिस्तानका इब्रहिम जादरान २१६ रनको साथ पाँचौं स्थानमा रहेका छन्। ईंग्ल्याण्ड र अफगानिस्तान टुर्नामेण्टबाट बाहिर भइसकेको हुनाले पुरस्कारको निम्ति मुख्य रूपले रचिन र कोहलीबीच प्रतिस्पर्धा हुनेछ। भारतका श्रेयस अय्यरसँग पनि मौका रहनेछ, जो १९५ रनको साथ छैटौं स्थानमा रहेका छन्। यसरी सर्वाधिक विकेट हासिल गर्ने बलरलाई प्रदान गरिने गोल्डन बल पुरस्कारको सूचीमा न्यूजील्याण्डका म्याट हेनरी १० विकेटको साथ शीर्ष स्थानमा छन्। भारतका मोहम्मद शमी ८ विकेटको साथ दोस्रो स्थानमा छन्। यसबाहेक भारतकै वरुण चक्रवर्ती, न्यूजील्याण्डका मिचेल सेण्टनर र अष्ट्रेलियाका बेन ड्वारशुइसले ७-७ विकेट लिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement