कालचिनी: बुधबारकरम विसर्जनको उपलक्ष्यमा कालचिनी खण्डको डिमा करम अखड़ामा आईपुगेका आदिवासी नेता तथा तृणमूल अलिपुरद्वार २ नम्बर ब्लक सभापति लुईस कुजूरले करम पूजालाई मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले सरकारी विदा घोषणा गरिएको बताएl प्रत्येक आदिवासीहरुले उत्साहपूर्वक करम पूजा पालन गर्न थालेको र जसरी मुख्यमन्त्रीले दुर्गा पूजा कमिटी तथा क्लबहरुलाई सरकारी अनुदान दिन्छन् त्यसरी नै करम पूजाको निम्ति पनि अनुदानको व्यवस्था गर्नेछिन् भन्ने आशा रहेको उनले बताएl यसको लागि मुख्यमन्त्री ममता ब्यानर्जीसमक्ष निवेदन बताए। मुख्यमन्त्रीले आदिवासीको विकासको निम्ति विशेष ध्यान दिएको र आउँदो दिनमा करम पूजा अनुदान पनि व्यवस्था यही सरकारले नै गर्ने कुरामा आफू आशावादी रहेको लुईस कुजूरले बताएका छन्।