रायमिन्दुमा सोलार प्यानल, ब्याट्री र इन्धन चोरी गर्ने तीन जना पक्राउ

IMG-20250306-WA0269

रानीपुल: रानीपुल पुलिसले तीव्र गतिमा कारबाही गर्दै रायमिन्दुमा गाडीबाट सोलार प्यानल, ब्याट्री र पेट्रोल चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
अभियुक्तहरूमा लिङ्दिङ निवासी अमित राईका छोरा ३२बर्षीय प्रविण राई,
२९ बर्षीय मिलन क्षेत्री (पदम विद्र क्षेत्रीका छोरा, बाइपास, गान्तोक निवासी) र ग्रीन डेल स्कुल, ताडोङ बस्ने सन्तोष दर्जीका छोरा २२बर्षीय विनय दर्जीको पहिचान भएको छ।
पुलिस स्रोतका अनुसार चोरीको उजुरीपछि तीनै जनालाई २०२५ मार्च ५ मा पक्राउ गरिएको थियो। पक्राउ परेका तीनै जना अहिले पुलिस हिरासतमा छन् र उनीहरु यस क्षेत्रमा यस्तै किसिमका अपराधमा संलग्न थिए वा छैनन् भन्ने बारे थप अनुसन्धान भइरहेको पुलिसले अनुसंधान गरिरहेको बताए।
अधिकारीहरूले बासिन्दाहरूलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधिहरूको रिपोर्ट गर्न त्यस्ता घटनाहरू रोक्न आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement