बंग्लादेशका विकेटकीपर ब्याटर मुश्फिकुर रहीमद्वारा सन्न्यासको घोषणा

IMG-20250306-WA0260

दुबई: बंग्लादेशका अनुभवी विकेटकीपर ब्याटर मुश्फिकुर रहीमले इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएका छन्। ३७ वर्षीय मुश्फिकुरले सोशल मीडियामा सन्न्यासको घोषणा गर्दै गत केही हप्ता उनको निम्ति चुनौतीपूर्ण रहेको बताए, जब बंग्लादेश एउटा म्याच पनि नजिती च्याम्पियन्स ट्रफी २०२५-बाट बाहिर भएको थियो। मुश्फिकुरले एउटा बयानमा भनेका छन्, म वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरिरहेको छु। वैश्विक स्तरमा हाम्रो उपलब्धिहरू सीमित हुन सक्छ तर आफ्नो देशको निम्ति मैदानमा ओर्लिँदा मैले समर्पण र ईमानदारीको साथ सदा आफ्नो शत प्रतिशतभन्दा अधिक योगदान दिएँ अनि यो कुरा तय हो। मुश्फिकुरले २००५-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए अनि त्यसको अघिल्लो साल उनले आफ्नो वनडे पदार्पण गरेका थिए। आफ्नो वनडे करियर शुरु भएको एक साल पछि २००७-को आईसीसी वनडे वर्ल्ड कपमा नै उनले भारतविरुद्ध अविजित ५६ रन बनाएका थिए। त्यस म्याचमा बंग्लादेशले भारतलाई पराजित गरी क्रिकेट जगतमा खलबली मचाएको थियो। मुश्फिकुरले यस प्रारूपमा धेरै उपलब्धिहरू हासिल गरे अनि आफ्नो टीमको कप्तानी पनि गरे। उनले वनडे इण्टरनेशनल क्रिकेटमा २७४ वटा म्याच खेलेर ३६.४२-को औसतले ७७९५ रन बनाए। यसमा ९ वटा शतक र ४९ वटा अर्द्धशतक सामेल छ। उनले विकेटकीपरको रूपमा २४३ वटा क्याच लिनको साथै ५६ वटा स्टम्पिंग पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement