सीमा नाकाबाट दस किलो चरेसहित एकजना पक्राउ

IMG-20250306-WA0256

नेपालगन्ज: दस किलो लागुऔषध चरेससहित नेपाल भारत सीमा पारी रुपैडिहाबाट एक नेपाली नागरिक पक्राउ परेका छन्।  
नेपाल भारत नाकाको भारतीय चेकपोष्टमा भारतीय प्रहरी र एसएसबीले संयुक्त रुपमा चेकजाँच गरिरहेको बेला नेपालगन्जबाट रुपैडिहातर्फ जाँदै गरेका थवांग गाउँपालिका ७ रोल्पा निवासी गोरे घर्तीमगर पक्राउ परेका हुन्। प्रहरीले घर्तीको साथबाट दस किलो चरेस बरामद गरेको रुपैडिहा प्रहरी थानाका प्रमुख प्रहरी निरीक्षक ददन सिंहले बताए। 
उनले शंका लागेर घर्तीमगरलाई रिक्साबाट ओरालेर सोधपुछ गरिएकोमा उनले कुनै जवाफ नदिएपछि पिठ्युमा बोकेको झोला हेर्दा कपडाभित्र लुकाएर राखिएको अवस्थामा दस किलो चरेस बरामद भएको बताए। 
सो चरेस अन्तर्राष्ट्रिय बजारमा भारु चार करोड मूल्य भएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक सिंहले बताए।  चेकजाँचको क्रममा रुपैडिहा थानाका सहायक निरीक्षक विजयकुमार, महिला उपनिरीक्षक दीक्षा पटेल र हेडकान्स्टेबल अभिषेकधर द्विवेदी तथा एसएसबीका चेकपोष्ट इन्चार्ज प्रहरी निरीक्षक सतेन्द्र कुमार सिंह, महिला कान्स्टेबल पवन प्र्रित कौर र डग हैन्डलर मोहम्मद फारुकको उपस्थिति रहेको थियो। 
पक्राउ परेका घर्तीमगरसँग थप अनुसन्धान र सोधपुछ गरेर उनलाई भारत बहराईच कारागार पठाइएको एसएसबीको नेपाल भारत नाकाको चेकपोष्टका इन्चार्ज सतेन्द्रकुमार सिंहले बताए। 
उनले नेपालबाट भारततर्फ आउने नेपालीलाई भारतीय चेकपोष्टमा समय समयमा चरेससहित पक्राउ गर्ने गरिएको जनाउँदै नेपालतर्फ पनि चेकजाँचमा कडाई गरिनुपर्नेमा जोड दिए।l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement