करम पूजा आदिवासी एकताको पर्व हो: जोन बारला

00-6a24812c-bce7-4573-90f7-86e4657c8774

कालचिनी: बुधबारकरम पूजा विसर्जनको अवसरमा डिमा स्थित करम विसर्जन अखड़ामा मुख्य अतिथिको रुपमा आइपुगेका केन्द्रीय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारलाले करम अखड़ामा स्थापित करम गाँछमा ढोग दिए पश्चात करम पूजा आदिवासी एकताको पर्व रहेको बताएl ‘यसले आदिवासीलाई सदैव एकताबद्ध रहने सन्देश दिएको हुनाले सबै आदिवासी एक हुनुपर्छ’, उनले भनेl उनले करमको पर्व पवित्र पर्व रहेको र यसको आज करम राजालाई विसर्जन दिने काम प्रत्येक प्रान्तहरुमा भइरहेको उनले बताएl उनले भने, ‘आदिवासीहरु एक भएर आफ्नो मुद्दामा अडिग बसे आदिवासीहरुको विकास अवश्यै हुनेछl’ यस क्रममा उनलाई करम अखड़ा कमिटीको सभापति तोफिल सोरेङको नेतृत्वमा करम अखड़ाको कार्यक्रम मञ्चमा भव्य स्वागत गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement