नागरिक समाज महिला समितिका सदस्यले गाँजा व्यापारीलाई पक्रेर पुलिसलाई बुझाए

IMG-20250306-WA0195

सिलगढी: सिलगढी पुलिस कमिशनरेट अन्तर्गतको न्यू जलपाईगुडी थाना अन्तर्गत मदनी बजार क्षेत्रमा एक महिला लामो समयदेखि गाँजाको व्यापार गर्दै थिइन्।
तर, न्यू जलपाईगुडी थानाका पुलिसलाई यसबारे जानकारी थिएन। अन्ततः अवैध व्यापार अन्त्य गर्न नागरिक समाजको महिला समितिका सदस्यहरु अगाडि आए। नागरिक समाजको महिला समितिले छापा मारेर पाँच किलो ९० ग्राम गाँजा बरामद गरेको उक्त घटनामा महिला समितिका सदस्यले गुलाबी दास नाम गरेकी एक महिलालाई पक्राउ गरी पुलिसलाई बुझाएका थिए।
ती महिला हिजो राति धुपगुडीबाट ५ किलो ९० ग्राम गाँजा लिएर सिलगढीको मदनी बजारमा रहेको आफ्नो घर आएकी थिइन्। यो खबर नागरिक समाज महिला समितिका सदस्यसम्म पुग्यो। त्यसपछि उनीहरुले घरमा छापा मारेका थिए। न्यू जलपाईगुडी थानाको पुलिसलाई यसबारेमा जानकारी दिइएको थिएन।

त्यसपछि प्रहरी पुगेपछि नागरिक समाज महिला समितिका सदस्यले महिला र बरामद गाँजपुलिसलाई बुझाएका थिए। ती महिलाले मजहबारीस्थित सो घरमा लामो समयदेखि गाँजाको व्यापार गर्दै आएको खुलासा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement