करम पूजाको विसर्जन शान्तिपूर्वक सम्पन्न

00-9cb97d98-f599-4bde-8209-398d94572224

कालचिनी: आदिवासीहरुको पवित्र करम पूजा उत्सव मङ्गलबार डुवर्सको गाउँ घरहरुमा रीतिपूर्वक सम्पन्न भएपछि बिध्बार बिहान करम पूजा विसर्जनको निम्ति करम श्रद्धालुहरु कालचिनी खण्डको डिमा नदी र बासरा नदी करम विसर्जन अखड़ामा पुगेl करम विसर्जन शान्तिपूर्वक सम्पन्न भएको डिमा करम अखड़ा विसर्जन कमिटी र बासरा करम अखड़ा विसर्जन कमिटीका सदस्यहरुले जनाएका छन्।

बिहान ६ बजेदेखि विभिन्न चियाबारी र बस्ती क्षेत्रका करम श्रद्धालुहरु डिमा नदी र बासरा नदी स्थित करम विसर्जन अखड़ामा हजारौँको संख्यामा जमा भएका थिएl यस उपलक्ष्यमा आदिवासी अर्केस्ट्रा टोलीद्वारा रंगारंग कार्यक्रम प्रस्तुत गरे। यस क्रममा बुधबार बिहान डिमा र बासरा नदी करम विसर्जन अखड़ामा केन्द्रीय मन्त्री तथा अलिपुरद्वारका सांसद एवं केन्द्रीय मन्त्री जोन बारला प्रमुख अतिथिको रुपमा उपस्थित थिए। यस क्रममा बासरा करम विसर्जन अखड़ामा दलीय भेदभावलाई पन्साएर एउटै मञ्चमा केन्द्रिय मन्त्री तथा अलिपुरद्वार सांसद जोन बारला लगायत तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव एवं आदिवासी विकास परिषदको अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा, एवम् अन्यान्य नेतृत्वहरुको उपस्थिति थिए। करम अखड़ा कमिटीको सभापति प्रकास इन्दुवार, सहसभापति राज कुजूर सचिव देवकुमार लाकड़ा, कोषाध्याक्ष विश्वनाथ उराँव अखिलेश नाइक मतियस टोप्नो सल्लाहकारहरु छोटेलाल कुजूर जोलेन कुल्लु आदि सदस्यहरुले अतिथिहरुलाई सत्कार गरे। समग्रमा बुधबार करम पूजा विसर्जन शान्तिपूर्वक सम्पन्न भएको करम विसर्जन अखड़ा डिमाका सभापति तोफिल सोरेङ र करम विसर्जन अखड़ा कमिटी बासराका सचिव देवकुमार लाकड़ाले संयुक्त रुपमा जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement