गोरुबथान (महेश्वर प्रधान): गोरुबथान माल बस्तीमा स्थित सन्त फ्रान्सिस अशिशी विद्यालयमा विद्यार्थी नानीहरुले शिक्षक दिवस पालन गरेका छन्। सर्वप्रथममा विद्यालयको प्रधानाध्यापिका ममता राई र संस्थापक जोन ब्रिटो बेनर्जीको बाहुलीबाट डा.सर्वपल्ली राधाकृष्णनको तस्विरमा खदा तथा द्वीप प्रज्वलन गरेर कार्यक्रमको शुभारम्भ गरे। विद्यार्थी नानीहरुले नेपाली लोक नृत्य, आधुनिक नेपाली नृत्य,गीत तथा हिन्दी गीत र नृत्यहरु प्रस्तुत गरे। सम्पुर्ण शिक्षक शिक्षिकालाई खदा लगाई उपहार प्रदान गरे।यसै अवसरमा विद्यालयको प्रधानाध्यापिका तथा संस्थापकले गहकिलो वक्तव्य राखेका थिए।