अष्ट्रेलियाका महान टेनिस खेलाड़ी फ्रेड स्टोलको निधन

IMG-20250306-WA0189

मेलबर्न: दुईपल्टका एकल ग्राण्ड स्ल्याम विजेता तथा अष्ट्रेलियाको तीनपल्ट डेविस कप जित्ने टीमका हिस्सा रहने टेनिस खेलाड़ी फ्रेड स्टोलको निधन भयो। टेनिस अष्ट्रेलियाले बिहीवार यसबारे जानकारी दियो। उनी ८६ वर्षका थिए। टेनिस अष्ट्रेलियाका सीईओ क्रेग टिलीले स्टोललाई टेनिसमा एकजना खेलाड़ीको रूपमा अनि पछिबाट अष्ट्रेलियाको नाइन नेटवर्क तथा सीबीएस र फक्स स्पोर्ट्सको निम्ति एकजना कमेण्टेटरको रूपमा एकजना प्रतिष्ठित व्यक्ति बताए। टिलीले निधनको कारण चाहिँ बताएनन्। टिलीले भने, उनको विरासत उत्कृष्टता, समर्पण र टेनिस प्रति गहिरो प्रेम हो। अष्ट्रेलियाको डेविस कप टीमका स्टार सदस्य फ्रेडले एकजना प्रशिक्षक र चतुर टिप्पणीकारको रूपमा आफ्नो असाधारण करियरले खेलमा महत्त्वपूर्ण योगदान दिए। स्टोलले १९६५-मा फ्रेञ्च ओपन र १९६६-मा यूएस ओपनको एकल खिताब जितेका थिए। त्यसपछि उनी वर्ल्ड ऱ्याङकिंगमा नम्बर एक खेलाड़ी पनि बनेका थिए। उनले ग्राण्ड स्ल्याम प्रतियोगिताहरूमा १० वटा पुरुष युगल र ७ वटा मिश्रित युगल खिताब पनि जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement