दार्जीलिङ: धेरै तलबमा काम लगाई दिने प्रलोभनमा परेर बेपत्ता भएका आमा-छोरीलाई दार्जीलिङ पुलिसद्वारा मुम्बईबाट सफलतापूर्वक उद्धार गरिएको छ। दार्जीलिङ पुलिसले २१ वर्षीया एक महिला र उनकी छोरीलाई सफलतापूर्वक उद्धार गरेको छ। उनीहरू गत ११ फरवरी २०२५ देखि बेपत्ता थिए। महिलाका पति प्रकाश गुरुङ, जो जवाहार बस्ती, दार्जीलिङका बासिन्दा हुन्, ले पुलिसमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। दार्जिलिङ सदर पुलिस थाना, दार्जीलिङको नेतृत्वमा गरिएको अनुसन्धानले महिलालाई मुम्बईबाट उद्धार गर्न सफल भएको छ। अनुसन्धानका क्रममा थाहा भयो कि ४१ वर्षीय आयुश खान, मुम्बई निवासी, लगातार ती महिलासँग फोन सम्पर्कमा थिए। उनले महिलालाई धेरै तलबको कामको प्रलोभन देखाएर विश्वास जितेका थिए। पुलिसले आयेश खानलाई पक्राउ गरी आवश्यक चिकित्सकीय परीक्षणपछि कानुनी प्रक्रियाका लागि अदालतमा पेश गर्ने तयारी गरिरहेको छ।