दार्जीलिङ: ३० प्रतिशत भूमि आवण्टन गरिने अधिसूचनाको विरोधमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टले दार्जीलिङमा पोष्टरिङ गरेको छ। यस मुद्दालाई केन्द्र गरेर पहाडका विभिन्न खण्ड विकास कार्यालयहरूमा पनि ज्ञापन पत्र बुझाइरहेको बताउँदै दलीय कार्यकर्ता राप्गे राईले अधिसूचनाको विरोधमा दार्जीलिङ अनि कालेबुङका जिल्लापाललाई अघिबाटै ज्ञापन बुझाइसकेको जानकारी गराएका छन्। पोष्टरिङपछि दार्जिलिङमा पत्रकारहरुलाई सम्बोधन गर्दै राप्गे राईले विस्तृत रुपमा जानकारी गराएका छन्।