दार्जीलिङ: दार्जीलिङको चौरस्ता परिसरको कथित अवैध निर्माणलाई केन्द्र गरेर पिपल्स फोरम धर्नामा बस्ने घोषणा गरिएको छ। आगामी १८ मार्चदेखि शुरु गरिने उक्त अनिश्चितकालीन धर्नाको अनुमतिको लागि पिपल्स फोरम उच्च न्यायालयसमेत पुग्ने प्रवीण गुरुङले बताएका छन्।
यसबारे पत्रकारहरुलाई सम्बोधन गर्दै गुरूङले एकातिर पहाडको सुन्दरता नष्ट गर्न उद्दत नगरपालिका, जीटीए अनि जिल्ला प्रशासन नोटिस जारी भएर पनि तटस्थ बसेको आरोप लगाए भने चौरस्ताको हकर्सहरुलाई ब्यारेक भवनको शिरानी तल्लामा पुनर्वास गराउन पर्ने विकल्प विषयमा बताएका छन्। यता ५ डेसिमल पट्टा र ३० प्रतिशत भूमि आवण्टनको प्रतिवाद गर्दै चियाबारीलाई केन्द्र गरेर अजय एवार्डस्को विकास निर्माण कार्यकलापमाथि पनि उनले प्रश्न उठान गरेका छन्।