इण्डियन गोर्खा जनशक्ति फ्रण्टद्वारा मिरिक खण्ड विकास अधिकारीलाई बुझाए ज्ञापन पत्र

IMG-20250306-WA0199

मिरिक: चिया बगानको जमीन अन्य ब्यापार उद्योगहरूमा प्रयोग गरिनु हुँदैन भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आज मिरिक खण्ड विकास अधिकारीलाई एउटा ज्ञापन पत्र बुझाएकाे छ। गत २०१९ मा राज्य सरकारले चिया बगानको १५ प्रतिशत जमीन पर्यटन क्षेत्रमा प्रयोग गर्ने घोषणा गरिसकेको छ भने अहिले आएर फेरि चिया बगानको ३० प्रतिशत जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने घोषणा गरेको छ। चिया बगानको जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने राज्य सरकारको घोषणालाई इण्डियन गोर्खा जनशक्ति फ्रण्टले घोर विरोध जनाउँदै आईरहेको छ। गत केही सप्ताह एंव महिना अघि मात्र इण्डियन गोर्खा जनशक्ति फ्रण्टले मिरिकमा विराट विरोध रैली निकालेर आफ्नो आक्रोश ब्यक्त गरिसकेको छ। यसै क्रममा आज खण्ड स्तरमा ज्ञापन पत्र बुझाउने कार्य गरिएकाे पार्टीका केन्द्रीय सदस्य प्रशान्त लामाले बताएका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्यहरू प्रशासन्त लामा, राेजेस थापा, एमके पाख्रिन, युनियनका मिरिक महकुमा अध्यक्ष तिलक लुङ्गेली, साैरेनी समष्टि अध्यक्ष अनिल राणा, ग्राम पन्चायत सदस्यहरू राेशन तामाङ जुगल प्रधान, संजीव लामा, सुमन गुरूङ,ग्राम पन्चायत उप प्रधान अनुप सुब्बा, सुरेश थापा आदिकाे टाेलीले मिरिक खण्ड विकास अधिकारीलाई ज्ञापन पत्र चढाएपछि राेजेस थापाले पत्रकारहरुसित कुराकानी गर्दै चिया बगानको जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने राज्य सरकारको निर्णयलाई कदापी स्वीकार्ने छैनौ र चिया श्रमिकहरूको पक्षमा हामी सधै खडा हुने छौँ भनी बताएका छन्।

उनले श्रमिकहरूकाे साथमा हामी डटेर रहनेछाैँ भन्दै पहाडका सत्ताधारी दलले चिया‌ श्रमिकहरूलाई धेरै यातना दिने कार्य गरिरहेकाे छ जसकाे हामी घाेर विराेध गर्दछाै भनी बताएका छन्। उनले चिया श्रमिकहरू एक भइसकेकाे बताउँदै श्रमिक विराेधी नीतिकाे विराेधमा हामी सडकमा पनि निस्कन तयार छाैँ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement