गूडविल कप: प्रथम सेमिफाइनलमा तुलसीपाड़ा वारियर्स एफसी ४-१ ले विजयी

00-ea99b700-9e76-4455-8694-9980b5bc54c4

कालचिनी: राजाभात स्पोर्टिङ क्लबद्वारा आयोजित गूडविल कप २०२२ को आज प्रथम सेमिफाइनल म्याचमा तुलसीपाड़ा वारियर्स एफसी बनाम ब्रदर्स ११ कालचिनीबीच रोमाञ्चक खेल सम्पन्न भयो। खेलको अन्त्यमा तुलसीपाड़ा वारियर्स एफसीले ४-१ को अन्तरमा ब्रदर्स ११ कालचिनीलाई पराजित गर्दै सेमिफाइनल राउण्डमा जगह बनाउन सफल भएको छ। खेलमा तुलसीपाड़ा वारियर्स एफसीका राज थापा र छोटु खाखाले २-२ गोल हाल्यो भने ब्रदर्स ११ कालचिनीको अमन राईले १ गोल गर्न सक्षम भए। आजको खेलमा म्यान अफ द म्याच तुलसीपाड़ा वारियर्स एफसीका राज थापालाई प्रदान गरियोl भोलि टिस्टा क्लब गजलडोबा बनाम ग्लोबल क्लब असमबीच सम्पन्न हुने जानकारी राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement