मिरिकको चारवटा चियाकमानहरुमा गेटसभा जारी

IMG-20250306-WA0198

मिरिक: मन्जुश्री कम्पनी अन्तर्गत पर्ने मिरिकका चारवटा चियाकमानहरू मरमा चियाकमान, मन्जु चियाकमान, टिङलिङ चियाकमान अनि सिङ्बुली चियाकमान कार्यालयकाे नाेटिस बाेर्डमा  प्रबन्धक पक्षमार्फत मालिकले  ‘नो वक नो पे’ को नोटिस टाँसेपछि बुधबारदेखि चारवटा
चियाकमानका चिया कार्यालय परिसरमा चिया श्रमिकहरूले गेटसभाकाे आयाेजना गरेर आफ्नाे माग शीघ्र पूरा गरिदिने प्रबन्धक अनि मालिक पक्षसित माग गरेका थिए। उक्त गेटसभालाई निरन्तरता दिदै आज मिरिरकको सिङ्बुली, मन्जु, टिङलिङ अनि मरमा चियाकमानका चिया श्रमिकहरूले चिया कार्यालय परिसरमा गेट सभाकाे आयाेजना गरे। यस अवसरमा बाेल्दै श्रमिक नेताहरू अनिल राणा, अनिमा राईले चियाकमान मालिक पक्षले चियाकमानमा ‘नाे वक नाे पे’ काे नाेटिस टाँसे पनि चिया श्रमिकहरू दैनिक काममा गइरहेकाे अवगत गराउँदै चिया श्रमिकहरूले काम बन्द गरेकाे छैन। केवल चिया श्रमिकहरूकाे माग पूरा नभएसम्म पहिलाे चिया टिपाई गर्दैनाैँ भनेका छन्। यसैले चियाकमान बन्द भएकाे अफवाह मात्रै हाे भने। द्वयले चिया श्रमिकहरूकाे धेरै माग रहेकाे जसमा प्रमुख मागहरू २०२५ काे बाेनसकाे प्रतिशत पहिलाे चिया टिपाई अघि नै तय गर्नु पर्ने अनि गत वर्षकाे रहल चार प्रतिशत बाेनस भुक्तान गर्नु पर्ने रहेकाे जानकारी गराउँदै यी मागहरूलाई मालिक पक्षले स्वीकार गरे चिया श्रमिकहरूले पहिलाे चिया टिप्नेछ भनी बताएका छन्। उनले बुधबारदेखि यी मागहरू शीघ्र पूरा गरियाेस् भनी मन्जुश्री कम्पनी अधीनस्थ चारवटा चियाकमानकाे कार्यालय अघि दुई घण्टा गेटसभा शुरू गरिएकाे जानकारी गराउँदै हामी प्रशासनिक अधिकारीहरूलाई पनि पत्रचार गर्नेछाैँ भने। उनीहरूले भने, ‘चिया कमानकाे माया हामीलाई पनि छ। हामी पनि पहिलाे चिया समयमा नै टिपियाेस भन्ने चाहान्छाैँ। बाेनसकाे बेला जहिले चिया श्रमिकहरू सडकमा निस्कन पर्ने हुनाले याे प्रथा बन्द गराउँदै पहिलाे चिया टिपाई अघि नै बाेनस तय गरियाेस् भन्ने चिया श्रमिकहरूकाे माग रहेकाे छ।’ द्वयले मालिकवर्गले हामीलाई फसल उठाएपछि समस्यामा पार्ने गर्छ। यसर्थ फसल उठाउने समयमा हामी हाम्राे माग लिएर अघि सरेकाे छाैँ। हाम्राे माग मालिकवर्गले पूरा गर्नुपर्छ। माग पूरा नभए हामी चिया टिप्ने छैनाैँ भनी बताएका छन्। द्वयले मन्जुश्री कम्पनी अधीनस्थ चारवटा चियाकमानका चिया श्रमिकहरू एक भएर माग पूरा नभएसम्म पहिलाे चिया नटिप्ने भएकाे छ। पहाडका अन्य चियाकमानहरुले पनि हामीलाई साथ दिनुपर्छ। चिया श्रमिकहरूले मालिकवर्गलाई आफ्नाे माग पूरा गर्न लगाउनुकाे लागि चाप सृष्टि गर्ने उपयुक्त समय यही हाे भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement