कालचिनी: एकजना ३४ वर्षीय पुरुषले पाँच वर्षिया बालिकालाई घुमाउने बहानामा दुष्कर्म गर्न खोजेको घटना प्रकाशमा आएको छ। उक्त घटना सम्बन्धमा जयगाउँ थानाको पुलिसले आरोपी व्यक्तिलाई पक्राउ गरेर पोक्सो एक्टअन्तर्गत अदालतमा पठाएको जान्नमा आएको छ। यता यस प्रकारको घटनाले सम्पूर्ण समाज नै लज्जित भएको स्थानीय बासिन्दाहरुले जनाएका छन्। प्राप्त जानकारीअनुसार छिमेकी व्यक्तिले बालिकालाई घुमाउन भनि निस्किएको थियो, तर जबरजस्ती दुष्कर्म गर्ने प्रयास गरेको बालिकाले दिदीलाई बताएपछि पुलिससमक्ष उजुरी दायर गरिएको छ।