बान्तावा नर्सरीको सुजय राईले अर्किड प्रदर्शनीमा सिक्किममा पहिलो पुरस्कार जित्न सफल

IMG-20250306-WA0191

सोनादा: सोनादाको चन्द्रमानधुरामा रहेको बान्तावा नर्सरीको सुजय राईले सिक्किममा पहिलो पुरस्कार जित्न सफल बनेको छ। राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र, पाक्योङ सिक्किमद्वारा आयोजित भारतीय अर्किड महोत्सव २०२५ मा वान्तावा नर्सरीका सुजय राईले पहिलो पुरस्कार जितेका छन्। उक्त भारतीय अर्किड महोत्सव २०२५ मा सुजय राईको दशवटा पट प्रदर्शनीमा सिम्बोडियम हाईब्रिड अर्किड प्रथम बनेको छ।‌ त्यसरी नै सिजनल फ्लावर वर्गमा मौसमी फूल वर्गमा २० वटा पटमा दोस्रो बनेका छन्।‌ सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू र आईसीएआर भारतका विभिन्न शाखाहरूको वैज्ञानिकहरुका उपस्थितिमा आईसीएआर वैज्ञानिक र आईसीएआर एनआरसीओका निर्देशक डा एसपी दासले पुरस्कार प्रदान गरेका छन्। बान्तावा नर्सरी दार्जिलिङ जिल्ला अन्तर्गत सोनादा क्षेत्रको रंगमुक चियाबारीको चन्द्रमानधुरामा रहेको छ।‌ सुजय राईले विभिन्न स्थानहरुमा फूलखेती अन्तर्गत अर्किड फूलको प्रदर्शनीमा धेरैवटा पुरस्कारहरु जितिसकेका छन्। उनले अर्किड प्रदर्शनीमा कोलकोता, सिलगढी, सिक्किम, दार्जिलिङ लगायत विभिन्न स्थानहरुमा पुरस्कारहरु नै जितिसकेका छन्। गत वर्ष पनि उनले अर्किड प्रदर्शनीमा पनि सिक्किममा प्रथम पुरस्कार नै जितेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement