होली उत्सवको महत्वलाई नियालेर हेर्दा: एक दृष्टिकोण

A Group of friends playing with colors in Holi at Kolkata, India.

मुरारीलाल “पञ्चम”, खरसाङ

भारतमा होली रंगहरूको उत्सवको रूपमा पालन गरिन्छ। होली उत्सवलाई वसन्त ऋतुको सन्देशदेशवाहक मानिन्छ। यसमा वसन्त ऋतुको खुशी विविध प्रकारका रंगहरूको पाउडरसित मनाइन्छ। होली धार्मिकताको प्रतीक हो। यसमा कृष्ण,राधा अनि भगवान शिवको कथाहरू शामेल छन्। यो उत्सव एकता, प्रजनन अनुष्ठान अनि नराम्रोमाथि राम्रोको जीतको प्रतीक हो। होलीको दिन सबै मानिसहरूले आपसी मतभेदलाई बिर्सेर एक-अर्कालाई रंग लगाउने गर्दछन्। होलीमा रातो रंगलाई अतिनै महत्वपूर्ण मानिन्छ।
होली उत्सव द्वारा हामी आफ्नो पूर्वजहरूलाई सम्मान गर्छौं। आफ्नो सांस्कृतिक मूल्यहरूलाई अंगाल्ने काम गर्छौं। आफ्नो जीवनमा नैतिक अनि सामाजिक मूल्यहरूलाई समावेश गर्छौं। आपसी वैमनस्यलाई भुलाएर एक-अर्कासित प्रेम गर्छौं। आफ्नो जीवनमा आत्मचिन्तन गर्दै प्रेम अनि त्यागको भावनालाई सामेल गर्छौं। यो उत्सव एक पारम्परिक हिन्दू वसन्त उत्सव हो। पौराणिक मान्यताअनुसार, होलिका राक्षसी भक्त प्रह्लादको फुपू थिइन्। जब हिरण्यकश्यपले विविध तरीका अप्नाएर पनि भक्त प्रह्लादलाई मार्न सकेन, तब आफ्नो भाई असुर हिरण्यकश्यपको आदेशमा प्रह्लादलाई मार्नको निम्ति आगोमा बालक प्रह्लादलाई लिएर बस्यो। होलिका राक्षसीलाई ब्रह्मदेवबाट वरदान प्राप्त थियो कि आगोले उसलाई केही बिगार्न सक्तैन अर्थात् आगोमा भष्म हुनेछैन्। तर भगवान विष्णुको मायाअनुसार, होलिका जलेर भष्म भइन्,जबकि प्रह्लादलाई केही भएन,उ बाँचे। यही घटना होली उत्सवको उत्पत्तिको कारण बन्यो। यस घटनापछि मानिसहरू खुशीले धेरै रमाए अनि एक-अर्कामाथि रंग अनि अबीर-गुलाल लगाएर खुशी मनाए। यसपछि देखिनै होली उत्सव मनाइने परम्परा आरम्भ भयो।
होलिका दहन भगवानद्वारा आफ्नो भक्त प्रह्लादको रक्षा गरेको अवसरमा मनाइने प्रचलन छ। भनिन्छ हिरण्यकश्यप नामक एक राक्षस थियो। उसको पुत्रको नाम प्रह्लाद थियो। प्रह्लाद भगवानको ठूलो भक्त थियो। जसको कारण हिरण्यकश्यपले आफ्नो पुत्रलाई मार्न धेरै प्रयास गर्यो,तर भक्त प्रह्लादलाई भगवानले प्रत्येक पल्ट बचाई दिने गर्थे। भगवान विष्णुको भक्त प्रह्लादलाई मार्न कोशिश गर्ने होलिका दहनको प्रतीक हो। यो उत्सव हिन्दू क्यालेण्डरअनुसार, फाल्गुन महीनाको पूर्णिमाको दिन मनाइन्छ। ईश्वर भक्त प्रह्लादको स्मरणमा यस दिन होली उत्सव मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement