फाइनलमा भारतलाई चुनौती दिन तयार केन विलियन्सन

IMG-20250306-WA0172

लाहौर: न्यूजील्याण्डले बुधवार लाहौरको गद्दाफी स्टेडियममा खेलिएको सेमिफाइनल म्याचमा दक्षिण अफ्रिकाविरुद्ध ५० रनले जीत हासिल गरी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गऱ्यो। अब फाइनल म्याचमा न्यूजील्याण्ड र भारतबीच भिड़न्त हुनेछ। भारतविरुद्ध ग्रुप चरणमा पराजित हुने न्यूजील्याण्डका ब्याटर केन विलियम्सनले रोहित शर्माको कप्तानीमा रहने टीमलाई असाधारण बताउनको साथै फाइनल अघि प्रतिद्वन्द्वीहरूलाई सतर्क पनि गरे। दक्षिण अफ्रिकाविरुद्ध म्याच जितेपछि विलियम्सनले भने, भारत एउटा असाधारण टीम हो अनि अहिले असल क्रिकेट खेलिरहेको छ। हाम्रो निम्ति यस टीमविरुद्ध गत म्याचको गल्तीहरूबाट शिक्षा लिनु महत्त्वपूर्ण हुनेछ। सेमिफाइनललाई भुलेर हामी फाइनलबारे सोच्न शुरु गर्नेछौं कारण आइतवार केही पनि हुन सक्छ। गत म्याचमा असल माहौल थियो अनि त्यस्तो फेरि हुने मलाई विश्वास छ।
यसको साथमा विलियम्सनले दुबईको परिस्थितिहरू पाकिस्तानभन्दा अलग रहने कुरा पनि स्वीकार गरे। उनले भने, परिस्थितिहरू अलग रहनेछ। यसैकारण हामीले सकारात्मक पक्षहरूमाथि ध्यान दिनु जरूरी हुनेछ। फाइनल म्याचलाई लिएर हाम्रो सोच स्पष्ट हुनेछ। हामी अब पूरा ध्यान फाइनलमाथि केन्द्रित गर्नेछौं, जुन हाम्रो निम्ति रोमाञ्चक अवसर हो। विलियम्सनले युवा अलराउण्डर रचिन रविन्द्रको पनि प्रशंसा गरे। उनले भने, रचिन असाधारण प्रतिभा हुन्। मैदानमा ओर्लिएपछि उनी टीमलाई प्राथमिकता दिन्छन् अनि पूरा स्वतन्त्रताको साथ खेल्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement