मिलरको रेकर्ड प्रदर्शनपछि पनि हाऱ्यो दक्षिण अफ्रिका

IMG-20250306-WA0159

लाहौर: लाहौरको गद्दाफी स्टेडियममा दक्षिण अफ्रिकाले न्यूजील्याण्डविरुद्ध खेलिएको च्याम्पियन्स ट्रफीको सेमिफाइनल म्याचमा ५० रनले हारको सामना गर्नु पऱ्यो। दक्षिण अफ्रिकी टीमबाट अनुभवी ब्याटर डेविड मिलरले अन्तसम्म लड़ाइँ गरे पनि कुनै फाइदा भएन। जीतको निम्ति ३६३ रनको लक्ष्यलाई पीछा गर्दै दक्षिण अफ्रिकालाई मिलरले आफ्नो प्रयासद्वारा ३१२ रनसम्म पुऱ्याए तर उनको टीमले ५० रनले हारको सामना गर्नु पऱ्यो। मिलरले म्याचमा १० वटा चौका र ४ वटा छक्काको साथ अविजित १०० रन बनाए। उनले केवल ६७ बलमा शतक पूरा गरेर नयाँ रेकर्ड बनाए। मिलर च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा तेज शतक बनाउने खेलाड़ी बनेका छन्। उनले भारतका वीरेन्द्र सहवाग र अष्ट्रेलियाका जोश ईंग्लिशको रेकर्ड तोड़े। सहवागले २००२-मा ईंग्ल्याण्डविरुद्ध ७७ बलमा शतक बनाएका थिए। यसरी ईंग्लिशले यसै टुर्नामेण्टमा ईंग्ल्याण्डविरुद्ध नै ७७ बलमा शतक बनाएका थिए। भारतका शिखर धवनले २०१३-मा दक्षिण अफ्रिकाविरुद्ध ८० बलमा शतक बनाएका थिए।
आईसीसी वनडे नक्आउटमा मिलरको प्रदर्शन स्तरीय रहेको छ। साल २०१३-मा उनले ईंग्ल्याण्डविरुद्ध अविजित ५६ रन (५१ बल) बनाएका थिए। त्यसपछि २०१५-मा न्यूजील्याण्डविरुद्ध ४९ रन (१८ बल) बनाएका थिए। साल २०२३-मा अष्ट्रेलियाविरुद्ध उनले ११६ बलमा १०१ रन बनाएका थिए। यसपाली च्याम्पियन्स ट्रफीमा पनि उनले सेमिफाइनलमा ६७ बलमै शतक बनाएर आफूलाई आईसीसी वनडे नक्आउटको ठूलो खेलाड़ी साबित गरे। मिलर आईसीसी वनडे नक्आउट म्याचहरूमा शतक बनाउने दोस्रो सबैभन्दा अधिक उमेरका खेलाड़ी पनि बने। उनले बुधवार ३५ वर्ष २६८ दिनको उमेरमा शतक बनाए। यसरी अष्ट्रेलियाका रिकी पोण्टिंगले २०११-मा ३६ वर्ष ९५ दिनको उमेरमा भारतविरुद्ध शतक बनाएका थिए। आईसीसी वनडे नक्आउट म्याचहरूमा सर्वाधिक औसतको मामिलामा पनि मिलर (१५३.००) शीर्ष स्थानमा पुगेका छन्। दोस्रो स्थानमा पाकिस्तानका सईद अनवर (१२८.३३) अनि तेस्रो स्थानमा भारतका सौरभ गांगुली (८५.६६) रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement