यूएफा च्याम्पियन्स लीगः बार्सिलोनाको साथमा लिभरपूल, बायर्न म्यूनिख र इण्टर मिलानको जीत

photocollage_20253611508642

लिस्बन: यूएफा च्याम्पियन्स लीगको प्री-क्वार्टर फाइनल (राउण्ड अव् सिक्स्टीन) चरणको पहिलो लेगमा बार्सिलोना र बायर्न म्यूनिखको साथमा लिभरपूल र इण्टर मिलानले जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा बार्सिलोनाले पोर्तुगलको क्लब बेनफिकाविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। डिफेण्डर पाउ कुबार्सीले २२औं मिनटमा रेड कार्ड देखेपछि १० जना खेलाड़ीको साथ खेल्नु परे पनि बार्सिलोनाले असाधारण प्रदर्शन गर्दै म्याच जित्यो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने बेनफिकाले पूरा म्याचमा २६ पल्ट बार्सिलोनाको पोस्टमा आक्रमण गरे पनि गोल गर्न सकेन। यसको विपरीत राफिन्हाले ६१औं मिनटमा दिलाएको दर्शनीय गोलले बार्सिलोनालाई विजयी बनायो। राफिन्हाले विपक्षी डिफेण्डरहरूका गल्तीलाई काममा लगाउँदै लामो दूरीबाट गोल गरे। यसरी लिभरपूलले पेरिस सेण्ट जर्मेन (पीएसजी)-विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि पीएसजी-ले आफ्नो होम ग्राउण्डमा ७१ प्रतिशत पोजेशनको साथ खेल्दै प्रीमियर लीग क्लबमाथि शुरुदेखि नै दबाउ कायम राख्यो। फ्रान्सीसी क्लबले पूरा म्याचमा लिभरपूलको २ वटा प्रयासको तुलनामा २७ पल्ट विपक्षी पोस्टमा हमला गऱ्यो तर फीनिशिंगको कमीले गर्दा टीमले गोल गर्न सकेन। यसबाहेक लिभरपूलका गोलकीपर एलिसनले केही असल शेभ पनि गरे। चरम दबाउमा खेल्दै पनि हार्वी एलियटले ८७औं मिनटमा गोल गरी लिभरपूललाई जीत दिलाए।
यसरी जर्मनीको दुईवटा क्लबबीच खेलिएको म्याचमा बायर्न म्यूनिखले बायेर लेवरकुसेनविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्ड एलियञ्ज एरेनामा ६५ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नबाट स्टार स्ट्राईकर ह्यारी केनले नवौं र ७५औं मिनटमा २ गोल गरे। यसबाहेक जामाल मुसिआलाले ५४औं मिनटमा गोल गरे। म्याचमा बायेर लेवरकुसेनका डिफेण्डर नेर्डी मुकिएलेलाई ६२औं मिनटमा रेड कार्ड देखाइयो। इण्टर मिलानले पनि नीदरल्याण्डको क्लब फेयेनूर्डविरुद्ध २-०-ले सजिलै जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने इटलीको क्लबबाट मार्कस थुरमले ३८औं र लौटारो मार्टिनेजले ५०औं मिनटमा गोल गरे। फेयेनूर्डले म्याचमा अधिक मौका बनाउन सकेन। प्री-क्वार्टर फाइनल राउण्डको दोस्रो लेगका म्याचहरू ११ मार्चदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement