गान्तोक: सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज प्रधानमन्त्री कृषि सिँचाई योजना कार्यन्वयनलाई लिएर समीक्षा बैठक सम्पन्न भयो। सभामा कृषि विभागद्वारा पावर पोइन्ट प्रेजेन्टेनसन मार्फत विभिन्न जिल्ला क्लस्टरहरूमा यस योजनाअन्तर्गत कार्यन्वयन गरिएका रणनीतिहरू र कार्यान्वयनको विस्तृत मुल्याङकन प्रस्तुत गरियो। सभामा प्रमुख योजना मार्फत किसानहरूलाई प्रदान गरिएका लाभहरू, योग्यता मापदण्डहरू र योजनाअन्तर्गत प्रदान गरिएको सहयोगबाट किसानहरूले हासिल गरेको प्रगतिबारे पनि जानकारी गराइयो।
यस अवसरमा सम्वन्धित विभागले उक्त योजना कार्यान्वयनका लागि नयाँ क्लस्टरहरूको परिचयको पनि घोषणा गर्यो्, जसमा सूक्ष्म सिँचाइलाई प्राथमिकता दिएको छ।