गोल्डन भोइस अफ् सिक्किमको दोस्रो चरणको अडिशन आरम्भ

IMG-20250305-WA0341

गान्तोक: भारतीय सेनाद्वारा सद्भावना अभियानअन्तर्गत आयोजना गरिएको साङ्गीतिक रियालिटी शो गोल्डन भोइस अफ् सिक्किमको दोस्रो चरणको दुई दिने अडिशन आजदेखि यहाँको देउरालीस्थित सौगातसिंह भवनमा आरम्भ भयो। आज पहिलो दिन राज्यका सबै जिल्लाबाट पहिलो चरणमा छनौट भएका प्रतियोगीहरूले सहभागिता जनाएका थिए। दोस्रो चरणको यो अडिशन भोलि पनि हुनेछ।
आगामी १५ मार्चको दिन ग्राण्ड फिनाले हुने गोल्डन भोइस अफ् सिक्किमका निर्णायक मण्डलीमा गायिकाहरू रेमन्ती राई र गीता शर्मा अनि गायक रिवाज राई रहेका छन्। प्रतियोगिताको अगिल्लो चरणको अडिशन भने आगामी ९ मार्चको दिन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement