सांसद सुब्बाले उठाए एनएच-१० मरम्मतिको माग

IMG-20250305-WA0337

गान्तोक: लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज राष्ट्रीय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका कार्यकारी निर्देशक रितेन कुमार सिंहसित भेट गरे। दिल्लीमा भएको उक्त भेटमा सेभोकेदेखि रम्फूसम्मको राष्ट्रिय राजमार्ग १० को मरम्मतिबारेमा छलफल गरे। सांसद सुब्बाले मनसुन मौसम अघिनै राजमार्गको मरम्मति कार्य पूरा गरेर सिक्किम- सिलगढ़ीबीचको सड़कलाई सहज सम्पर्क सुनिश्चित गर्ने आग्रह गरे। उनले राजमार्गमा हुने चुनौतीमाथि प्रभावी पहल गर्नुपर्ने माग गरे। सांसद सुब्बाले एनएचआइडीसीएलले राजमार्गको मरम्मतिको जिम्मा लिएपछि सिक्किमका जनताले एजेन्सीबाट उच्च अपेक्षा गरेको कुरामा जोड दिए। सुब्बाले दीर्घकालीन सड़क सम्पर्कको लागि वैकल्पिक राजमार्गको बारेमा पनि विचार राखे। यसअघि, सांसद सुब्बाले कम्पनीका चीफ इन्जिनियर आदित्य प्रकाशसंग पनि भेट गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement