कोहली-श्रेयसलाई फाइदा
नयाँ दिल्ली: भारतका स्टार ब्याटर विराट कोहली आईसीसी द्वारा जारी वनडे ब्याटरहरूका ताजा प्ऱ्याङकिंगमा दुई स्थानको सुधार गरी शीर्ष पाँचमा सामेल भएका छन्। यसरी सेमिफाइनलमा कोहलीसँग ९१ रनको महत्त्वपूर्ण पार्टनरशीप गर्ने श्रेयस अय्यरले पनि आफ्नो ऱ्याङकिंगमा सुधार गरेका छन्। उनी आठौं स्थानमा पुगेका छन्। वनडे ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष १०-मा भारतका ५ जना क्रिकेटर रहेका छन्। ओपनर शुभमन गिल ७९१ रेटिंग पोइण्टको साथ शीर्ष स्थानमा कायम छन्। उनी गत हप्ता पाकिस्तानका बाबर आजमलाई पछि छोड़ेर शीर्ष स्थानमा पुगेका थिए। कोहलीले चौथो स्थान हासिल गरेका छन्। यसबीच कप्तान रोहित शर्मा दुई स्थान झरे पनि शीर्ष पाँचमा कायम छन्। अफगानिस्तानका इब्राहिम जादरानलाई ईंग्ल्याण्डविरुद्ध खेलेको १७७ रनको ईनिंग्सले फाइदा प्राप्त भएको छ। उनी १३ स्थानको जम्प लगाएर सीधै शीर्ष दशमा सामेल भएका छन्। अलराउण्डरहरूका ऱ्याङकिंगमा भारतका अक्षर पटेललाई पनि ठूलो फाइदा भएको छ। उनी १७स्थानको सुधार गरी १३औं स्थानमा पुगेका छन्। अलराउण्डरहरूका ऱ्याङकिंगको शीर्ष दशमा रविन्द्र जडेजा बाहेक अन्य कुनै भारतीय छैनन्। उनी नवौं स्थानमा कायम छन्। यसबीच अफगानिस्तानका अजमतुल्लाह उमरजई दुई स्थानको सुधार गरी अलराउण्डरहरूका सूचीमा शीर्ष स्थानमा पुगेका छन्।