दार्जीलिङ: ५ डेसिमल पट्टाविरुद्ध गोलबद्ध राजनैतिक दल अनि सामाजिक संघ- संस्थाहरुले सामुहिक आन्दोलन गर्ने बताइएको छ। कानुनन् अनि सडक आन्दोलन गरेर कार्यसूची तयार पार्न जोइण्ट एक्शन टीम गठन गर्ने आज दार्जीलिङमा बसेको सामुहिक बैठकले प्रस्ताव पारित गरेको गोजमुमो प्रवक्ता डा किशोर भारतीले पत्रकारहरुलाई सम्बोधन गर्दै बताएका छन्।
२१ फरवरीपछि दार्जीलिङमा आज बसेको यसचोटिको बैठकमा गोजमुमो, गोरामुमो, माकपा, क्रामाकपा, भाजपा, आइजीडीएफ अनि ज्ञानका प्रतिनिधिहरु उपस्थित थिए।