दार्जीलिङ: केन्द्रले चाहेमा विलय असम्भव छैन। किनभने दुवै क्षेत्र भारतवर्षभित्र नै छ। विलय, पृथक राज्य नभए संवैधानिक एकाइ दिएर अल्पसंख्यक गोर्खा जातिलाई न्याय दिनपर्ने कुरा हामीले हरेकचोटि दोहोराइरहेका छौँ।
दार्जीलिङ सिक्किमको एकीकरण सम्भावनाबारे सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङको बयनामथि उपरोक्त प्रतिक्रिया जनाउँदै दार्जीलिङ जिल्ला भाजपा नेता एलेम लामाले आज बताएका छन्। उनले अर्कोतिर पहाड सम्बन्धी हुने त्रिपक्षीय वार्तामा पश्चिम बङ्गाल सरकारको भूमिका सकारात्मक हुनपर्ने आग्रह गरे भने भाजपा अध्यक्ष जेपी नड्डासित भेटवार्ता गर्न शीर्षस्थ टोली चाँडै प्रस्थान हुने अवगत गराए।