सिविटार चियाबारीमा नगदराशि फुटबल टुर्नामेन्ट हुने

IMG-20220907-WA0150.jpg

तीनधारे: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारीमा नगदराशि फुटबल टुर्नामेन्ट शुरु हुने भएको छ। सिविटार चियाबारीको तितिरी खेल मैदानमा वार्षिक रूपमा आयोजना गरिने फुटबल टुर्नामेन्ट यसपाली पनि आयोजना हुने भएको छ। सिविटार तितिरी खेल मैदान पाखाका युवाहरूले आयोजना गरेको उक्त नगदराशि फुटबल टुर्नामेन्टको लागि आगामी १५ सेप्टेम्बरसम्म अन्तिम मिति तोकिएको छ। उक्त नगदराशि फुटबल टुर्नामेन्टमा भाग लिन चाहाने टिमले आगामी १५ सेप्टेम्बरभित्र आफ्नो टिमको नाम दर्ता गराउन भनिएको छ। एक टिमको लागि प्रवेस शुल्क २ हजार तोकिएको छ। आयोजक समितिको पक्षबाट रामचन्द्र राई, बिबेक राई, सन्दीप राई र असीम प्रधानले जानकारी गराएका छन्। यस फुटबल टुर्नामेन्ट विषयमा पत्रकारहरूसित कुराकानी गर्दै असीम प्रधानले जानकारी गराउँदै गत वर्षहरू यसपाली पनि हामीले सिविटारको तितिरी खेल मैदानमा नगदराशि फुटबल टुर्नामेन्ट आयोजना गरेकोटा छौं र यसको लागि हामीले ३ सेप्टेम्बर अन्तिम मिति दिएका थियौम तर वर्षाको समय र बाटोको असुविधालाई ध्यानमा राखेर यसलाई सारेर अन्तिम मिति १५ सेप्टेम्बर बनाएका छौं र कुनै पनि टिमले यस नगदराशि फुटबल टुर्नामेन्टमा भाग लिन चाहे अघिबाटै एक हजार बुझाउनु पर्ने बताएका छन्। उनले यस फुटबल टुर्नामेन्टमा बिजयी दललाई नगदराशिसहित ट्रफी प्रदान गरिने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement