सोनादा: सोनादा क्षेत्रको ठकुरी नर्सरीको रजत ठकुरीले सिक्किममा चारवटा पुरस्कार जित्न सफल बनेको छ। राष्ट्रिय अर्किड अनुसन्धान केन्द्र, पाक्योङ सिक्किमद्वारा आयोजित भारतीय अर्किड महोत्सव २०२५ मा ठकुरी नर्सरीका रजत ठकुरीले चारवटा पुरस्कार जितेका छन्। उक्त भारतीय अर्किड महोत्सव २०२५ मा रजत ठकुरीले क्विन अफ् द शो, सिंगल पोटमा अर्किड इस्पाईसी वर्गमा प्रथम बनेको छ।त्यसरी नै सिजनल फ्लावर वर्गमा मौसमी फूल वर्गमा २० वटा पटमा दोस्रो बनेका छन्। त्यसरी नै फर्न वर्ग तीनवटा पोर्टमा तेस्रो स्थानको रुपमा सम्मान पाएका छन्। सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू र आईसीएआर भारतका विभिन्न शाखाहरूको वैज्ञानिकहरुका उपस्थितिमा आईसीएआर वैज्ञानिक र आईसीएआर एनआरसीओका निर्देशक डा. एसपी दासले पुरस्कार प्रदान गरेका छन्। ठकुरी नर्सरी दार्जिलिङ जिल्ला अन्तर्गत सोनादा क्षेत्रको ओक्स चियाबारीको भुट्टाखेतीमा रहेका छन्। ठकुरी नर्सरीको रजत ठकुरीले लामो समयदेखि फूलखेती गर्दै आइरहेका छन्।

उनले योभन्दा पहिला पनि अर्किडमा विभिन्न पुरस्कारहरु जितिसकेका छन्। पहाडमा फूलखेतीमा राम्रो अवसरको उदाहरण प्रस्तुत गरेका छन्।