सिक्किम क्रान्तिकारी मोर्चाले सिक्किम-दार्जिलिङ बिलय असम्भब रहेको स्पष्टोक्ति

IMG-20250305-WA0293

गान्तोक: सिक्किम क्रान्तिकारी पार्टीका प्रवक्ता सिपी शर्माले आज एक प्रेस बिज्ञप्ति जारी गरि आफ्नो पार्टीको ३३औं स्थापना दिवसको अवसरमा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङको वक्तव्य अत्यन्त फ्यातुलो, असान्दर्भिक एवं मनगडन्ते बन्न पुगेको ठहर गरेको बताएl उनले सिक्किम क्रान्तिकारी मोर्चा पार्टी। आफू सत्ताबाट मात्र होइन सबै निर्वाचन क्षेत्रबाट पराजित हुनु र आफ्नामा भएका भरिला साथीहरूलेसम्मले भटाभट पार्टी छोड्दै जानुले पवन चामलिङको राजनीति समाप्त भएको घोषणा गरेको भने।
उनले भने एकापट्टी सिक्किम क्रान्तिकारी मोर्चा पार्टी र पार्टी अध्यक्षको लोकप्रियता बढ्दै जाँदा पवन चामलिङको वक्तव्यमा उत्ताउलो र आतेस आउनु स्वाभाविक ठान्छ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी। आफू सत्ता, शक्ति र राजनीतिबाट पराजित बन्दै गएपछि सिक्किमलाई बिरामी देख्नु आफू मानसिक रोगले ग्रसित बनेको प्रमाणित हुन्छ।
उनले आफू सत्तामा रहुञ्जेल उनै नरबहादुर भण्डारीको छायाँसम्मलाई खेदो गर्ने पवन चामलिङले आज उनै नरबहादुर भण्डारीको प्रशंसा गर्नु भनेको स्यालले मुखको रगत पुछेर कुखुरालाई “म तिम्रो साख्खै मीत हूँ नी” भने जत्तिकै मान्छ एसकेएम पार्टी भनेर आपत्ति जनाए। उनले भने नेपाली भाषाले मान्यता पाएपछि भाषा संग्रामी नरबहादुर भण्डारीलाई एउटा फूलको थुँगोसम्म नदिने पवन चामलिङले आज आफू हारेपछि स्मरण गर्नु लाजमर्दो कुरा हो। आफ्नो सत्ताभरि नै गाली गरिएका नरबहादुर भण्डारीले गरेका कामको चर्चा गर्नु भनेको उनको बोक्रे प्रवृत्ति उजागर हुनु हो।
उनले बारम्बार सिक्किमलाई ३७1(एफ ) को विशेष प्रावधानले सुरक्षित राखेको कुरा आफू सत्तामा हुँदा चिच्याइ चिच्याइ भट्याउने चामलिङ आज आफू सत्ताबाट सत्ताच्युत भएपछि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई दोष लगाउनु दुर्भाग्यपूर्ण हो। आफ्नो सम्बोधन क्रममा उनले सिक्किम दार्जीलिङ एकीकरण सम्भव छ भन्ने जस्तो बयान दिनुले उनी यो विषयको पक्षमा रहेको स्पष्ट भएको एसकेएम पार्टी ठान्छ भने। उनले अन्य राज्यको कुरा उठाउँदै भारत सरकारले चाह्यो भने संविधानको धारा ३ लाई प्रयोग गरेर एकै दिनमा सिक्किम दार्जीलिङ बिलय गर्न सक्छ भन्नु सिक्किमे जनता बिरुद्ध दिएको वक्तव्य मानिन्छ। यो पनि गम्भीरतासाथ बुझ्न पर्ने विषय छ कि, वर्तमान मुख्यमन्त्री पीएस गोले साथै केन्द्रिय गृहमन्त्री स्वयंले असम्भव बताइसकेपछि पनि पवन चामलिङलाई किन सम्भव लाग्दैछ? किनकि उनी सिक्किम दार्जीलिङ विलयको पक्षमा देखिएका छन्।
तर, यस विषयमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पवन चामलिङलाई उनको यो सपना कहिल्यै पूरा नहुने बताउँदै यस्तो दिवासपना देख्नबाट बाहिर आउने सुझाउ दिँन्छ। हुँदै नहुने कुरालाई उब्जाएर जनतामा भ्रम फैलाउने नाटकीय प्रवृत्ति र सोंचबाट माथि उठ्ने हामी सल्लाह दिँदछौँ भन्दै अबका जनता १९९४ का जनता होइनन्, छैनन् र त्यस्तो नठानिदिने सुझाव एवम् सल्लाह पनि एसकेएम पार्टी दिन्छ भनेर स्पष्ट पारे। उनले यस्ता उडन्ते कुरामा राजनीति गरेर जनतामा भ्रम नफैलाइदिने सुझाव दिन्छ सिक्किम क्रान्तिकारी मोर्चा पार्टी। यस्ता बगम्फुसे कुरामा कोही पनि दिग्भ्रमित नहुन सिक्किमेली जनतालाई सिक्किम क्रान्तिकारी मोर्चा पार्टी आह्वान गर्दछ। यदि पवन चामलिङकै भनाइ जस्तो हुन गए त्यसको जिम्मेवारी पनि पवन चामलिङले लिनुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement