पानीघट्टा: नक्सलबारी नेपाली हाई स्कूलका एकजना छात्रालाई एक युवकले अनुमति बेगर फोनद्वारा फोटो खिचेर भिडीयो बनाएकोमा नक्सलबारी पुलिस थानामा एफआईआर दर्ता गरेको जानकारी प्राप्त भएको छ। जानकारीअनुसार नक्सलबारी नेपाली हाई स्कूलका एकजना छात्रा अटोमा चडेर स्कूल आउने क्रममा एक युवक पनि त्यसै अटोमा चडेका थिए। उक्त युवकले फोनको क्यामेरा पनि घुमाउँदै भिडियो र फोटो खिचीरहेका थिए। ती युवकले छात्रासितको फोटो र भिडियो बनाएर आफ्नो साथीहरूलाई पनि पठाएपछि नक्सलबारी नेपाली हाई स्कूलका छात्रछात्राहरूले नक्सलबारी थाना पुगेर उक्त युवकलाई यथाशीघ्र पक्राउ गर्ने माग गरे। थानामा स्कूल पक्षले एफआईआर गर्न साथै नक्सलबारी थानाले पहल शुरू गरेर भिडियो बनाउने युवकलाई नक्सलबारी थानाको तत्परमा पक्राउ गरेको समाचार छ। उक्त घटना सम्बन्धि स्कूलका सहशिक्षक रोशन बिश्वकर्माले थाना प्रति आभार व्यक्त गरे। साथै उनले विद्यार्थी वर्गलगायत युवायुवतीहरूलाई फोन सही काममा मात्र प्रयोग गर्ने अनुरोध पनि गरे भने ती युवकलाई कडाभन्दा कडा सजय दिनुपर्ने माग गरेका छन्।









