भारतविरुद्ध सेमिफाइनलमा हारपछि स्टीव स्मिथद्वारा वनडे इण्टरनेशनलबाट सन्न्यासको घोषणा

IMG-20250305-WA0243

मेलबर्न: अष्ट्रेलियाका स्टार ब्याटर स्टीव स्मिथले आधिकारिक रूपमा वनडे इण्टरनेशनल क्रिकेटबाट सन्न्यास लिएका छन्। दुबईमा मंगलवार खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतविरुद्ध ४ विकेटले हारको सम्मुखीन भएपछि स्मिथले खेलको ५० ओभरको प्रारूपबाट तत्काल प्रभावको साथ सन्न्यासको घोषणा गरे। वनडे प्रारूपबाट सन्न्यास लिए पनि ३५ वर्षीय स्मिथले अष्ट्रेलियाको निम्ति टेस्ट र टी२० इण्टरनेशनल क्रिकेट खेल्न चाहिँ जारी राख्नेछन्। खेलको सबैभन्दा छोटो प्रारूपमा खेल्ने उनको फसेला २०२८ लस एञ्जिल्स ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सम्भावित अवसरले प्रभावित हुनसक्छ, जहाँ क्रिकेटलाई टी२० प्रारूपमा खेलिनेछ। स्मिथले एउटा विज्ञप्तिमा भनेका छन्, यो एउटा असाधारण यात्रा रह्यो अनि मैलै यसको हरेक मिनटको आनन्द लिएँ। टीमसँग मैले धेरै असाधारण समय बिताएँ अनि सुन्दर यादहरू बनाएँ। दुईवटा वर्ल्ड कप जित्नु मुख्य आकर्षण रह्यो। यसबाहेक धेरै असाधारण साथीहरूसँग साथ पाएर यो यात्रा यादगार रह्यो। स्मिथले भारतविरुद्ध सेमिफाइनल म्याचपछि साथीहरूलाई आफ्नो फसेलाबारे बताए। स्मिथले भने, मेरो विचारमा खेल छोड़्ने यही सही समय हो।
स्मिथले भने, युवा खेलाड़ीहरूका निम्ति २०२७ वर्ल्ड कपको निम्ति तयारी शुरु गर्ने यो असाधारण अवसर हो। यसैकारण मेरो निम्ति यो खेल छोड़्ने सही समय हो। मेरो निम्ति टेस्ट क्रिकेट अहिले पनि सर्वोच्च प्राथमिकता हो। मेरो ध्यान वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलमा रहेको छ। त्यसपछि वेष्ट इण्डिज ग्रीष्मकालमा र ईंग्ल्याण्डविरुद्ध होम सीरीज पनि रहेको छ। त्यस मञ्चमा टीमलाई दिनको निम्ति मभित्र अहिले पनि धेरै कुराहरू रहेको छ। स्मिथले आफ्नो वनडे इण्टरनेशनल करियरको शुरुवात १९ फरवरी २०१०-मा वेष्ट इण्डिजविरुद्ध म्याचको साथ गरेका थिए। उनले वनडे इण्टरनेशनल करियरमा १७० वटा म्याच खेलेर ४३.२९-को औसत र ८६.९६-को स्ट्राईक रेटले ५८०० रन बनाए। यसमा १२ वटा शतक र ३५ वटा अर्द्धशतक सामेल छ। यसमा उनको सर्वोच्च रन १६४ रह्यो, जुन उनले २०१६-मा न्यूजील्याण्डविरुद्ध एससीजी-मा बनाएका थिए। स्मिथले वनडे इण्टरनेशनल प्रारूपमा २८ विकेट पनि लिएका छन्। स्मिथले ६४ वटा वनडे म्याचमा अष्ट्रेलियाको कप्तानी पनि गरेका थिए। उनको कप्तानीमा टीमको जीत प्रतिशत ५० रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement