सरकारी गाडी दुरुपयोग गरेको फोटो सार्वजनिक गर्नेलाई ‘घरबाटै उठाउने’ मेयर कार्कीको धम्की

IMG-20250305-WA0207

गाईघाट: उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै ‘घरैबाट उठाउने’ धम्की दिएका छन्। ‘दिनेश शर्म्मा’ नामको फेसवुक आईडी नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको भन्दै मंगलबार फेसबुकमा लेखेका थिए।
लेखेको भोलिपल्ट अर्थात् आज बिहान मेयर कार्कीले ‘तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु’ ,तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु,उनले भनेका छन्।’ पछि दिनेश शर्मासँग सम्पर्क गर्दा मलाई हात लगाउने हिसावले मेयर फत्तेपुर नै आएका रहेछन्। प्रहरी चौकीमा आएर फोन गरे। सईले पनि फोन गरेपछि म जाँदै थिएँ। तर, उनको हर्कत देखेर चौकीबाटै मलाई सूचना आयो, तपाई नआउनु भनेर। त्यसपछि मैले उनलाई फोन गरे।
‘फोनमा कुरा गर्नै चाहेनन्। फोन काटे। अनि मैले सईलाइ फोन गरेर म आउँदिन कानुनी कारवाही जान भन्दिनु भने। त्यसपछि उनी गएछन्। पछि मैले सम्झाउनु परो भनेर फोन गरे। फोन त उठाए तर मेरो कुरा सुन्नै मानेनन। एकोहोरो बोले, धम्याए र फोन काटे,शर्माले भने। मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल सब्जी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन।
उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन। सोही फोटो फेसवकुमा हालेको विषयमा उनले यसरी आक्रोश पोखेका हुन। श्रीमतीको नाम जोडेकोमा उनको आपत्ति रहेको शर्माले बताए।
यस विषयमा बुझ्न मेयर कार्कीसँग सम्पर्क गर्दा दिनेश शर्माले पारिवारिक कुरा जोडेर बुढेसकालमा विवाह गरेर ल्याएको श्रीमती भनेर लेखेको प्रति आक्रोश पोखे। ‘त्यति लेखे पनि आफूले त्यो भाइलाई सम्झाउन आज बिहान फत्तेपुरको प्रहरी चौकी पुगेर सम्झाई दिन त्यहाँको साईलाई अनुरोध गरेको बताए।
‘उनलाई बोलाउदा नआएको र पछि कानुनी कारबाही गर्नु भन्ने अनिआफैले मेयरले धम्क्यायो भन्न मिल्छ मेयर कार्कीले भने।’ आज बिहान के कुरा भयो फत्तेपुर प्रहरी चौकीमा पनि सम्पर्क गरेर बुझ्न उनले आग्रह गरे। आफू फत्तेपुरमै हुर्किएको बताउदै उनले त्यो दिन मरिमराउ भएकाले फलफुल किन्नको लागि गाडी रोकेको र आफू पनि गाडी भित्रै भएको बेला फोटो खिचिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement