सिमुलबारी गोल्ड कपः जलपाइगढ़ी पुलिस सेमिफाइनलमा

IMG_20220907_202059.jpg

७ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा जलपाइगढ़ी पुलिसले टाईब्रेकरमा रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा बुधवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा जलपाइगढ़ी पुलिसले गत विजेता युनाइटेड फूटबल क्लब दार्जीलिङलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका गोलकीपर लाल्टुलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने पहिलो सेमिफाइनल म्याचमा दार्जीलिङ पुलिस र एसएसबी रानीडांगाबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement