ट्रम्प क्यानडाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त होस् भन्ने चाहन्छन्: ट्रुडो

IMG-20250305-WA0123

नयाँ दिल्ली: क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा थप २५% कर लगाउने डोनाल्ड ट्रम्पको निर्णयलाई मूर्खतापूर्ण भएको बताएका छन्। उनले ट्रम्प एक चलाख व्यक्ति भए पनि यसो गर्नु धेरै मूर्खतापूर्ण भएको बताएका हुन्। 
अमेरिका र क्यानडा दुई मित्रको लडाईं संसारभरका आफ्ना दुस्मनल हेर्न चाहेको उनले बताए।
ट्रुडोले भने, ‘क्यानडाले विश्व व्यापार संगठन मार्फत अमेरिकी करलाई चुनौती दिनेछ।’
अमेरिकी करको प्रतिक्रियामा क्यानडाले पनि कर घोषणा गरेको छ। यसबारे क्यानडाका प्रधानमन्त्रीले जबसम्म अमेरिकाले कर फिर्ता लिँदैन, आफूले लगाएको कर पनि कर कायम रहने जनाएका छन्।
ट्रुडोले भने, ‘ट्रम्प क्यानडाको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त होस् भन्ने चाहन्छन्, किनभने त्यसो गर्दा उनलाई क्यानडालाई अमेरिकामा गाभ्न सजिलो हुनेछ। म तपाईंलाई भन्न चाहन्छु कि यो कहिल्यै हुने छैन। हामी कहिल्यै संयुक्त राज्य अमेरिकाको ५१ औं राज्य बन्ने छैनौं।’
ट्रम्पको कार्यले क्यानडाको अर्थतन्त्रलाई हानि पुर्‍याउन सक्ने उनले बताए। क्यानडाको अर्थतन्त्रमा प्रहार गर्ने कार्य ट्रम्पले पहिले नै  सुरु गरेको पनि उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement