मुम्बई: भारतीय टी२० टीमका कप्तान सूर्यकुमार यादवले बताएअनुसार, मिस्ट्री स्पिनरको नामले चिनिने वरुण चक्रवर्ती अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएपछि अलग खेलाड़ी देखिएका छन् कारण उनी मानसिक रूपले मजबूत भएका छन् अनि अनुहारमा मुस्कानको साथ खेल्छन्। आईसीसी च्याम्पियन्स ट्रफीमा वरुण चक्रवर्तीले असाधारण प्रदर्शन गरिरहेका छन्। उनले न्यूजील्याण्डविरुद्ध ५ र अष्ट्रेलियाविरुद्ध सेमिफाइनलमा २ वटा महत्त्वपूर्ण विकेट लिए। सूर्यकुमारले भने, उनी २०२१-मा टीमबाट बाहिर हुँदा र अहिले टीममा फर्किँदा दुईवटा अलग खेलाड़ीको झलक देखिएको छ। राष्ट्रिय टीममा पुनरागमन गरेपछि उनी अलग आत्मविश्वासको साथ खेलिरहेका छन्। उनी मानसिक रूपले अझ मजबूत देखिएका छन्। यसबाहेक उनको मुहारमा मुस्कान देखिँदैछ अनि मैदानमा परिस्थिति जस्तै भए पनि उनले सहजताको साथ अप्नाइरहेका छन्। यो कुनै पनि क्रिकेटरको दृष्टिकोणले असल संकेत हो।
वरुणले च्याम्पियन्स ट्रफीको पहिलो दुईवटा म्याचमा खेल्ने मौका पाएनन् तर न्यूजील्याण्डविरुद्ध म्याचमा उनको चयन टीमको निम्ति मास्टरस्ट्रोक साबित भयो। सूर्यकुमारले भने, उनले प्रदर्शनले म धेरै खुशी छु। अहिले उनी जे पनि गरिरहेका छन् अनि जे पनि भइररहेको छ उनी त्यसको हकदार हुन्। २०२१-मा पनि उनी कठोर मेहनत गरिरहेका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनलाई फर्काउने कुरा मैले पहिला पनि धेरैपल्ट गरेको थिएँ। यसको साथमा सूर्यकुमारले मुम्बई इण्डियन्सलाई आईपीएलमा नेतृत्वको मामिलामा कुनै प्रकारको दुविधाको सामना गर्नु नपर्ने बताए सकारण उनको टीममा सबै भारतीय कप्तान छन्। उनले भने, मुम्बई इण्डियन्समा हामी सबै एउटा परिवार जस्तै हौं अनि हामीसँग ३-४ जना कप्तान रहेको सोच्दैनौ। हामी एउटा टीमको रूपमा खेल्छौं।