अष्ट्रेलियालाई पराजित गरी फाइनलमा पुगेपछि केही आराम चाहन्छन् कप्तान रोहित शर्मा

IMG-20250305-WA0165

दुबई: रोहित शर्माको कप्तानीमा टीम इण्डियाले चौथोपल्ट आईसीसी टुर्नामेण्टको फाइनलमा स्थान बनायो। यो क्रम २०२१-मा शुरु भएको थियो जब भारतले वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा स्थान बनाएको थियो। त्यसपछि भारतले रोहितको कप्तानीमा २०२३-को वनडे वर्ल्ड कप र २०२४-मा टी२० वर्ल्ड कपको फाइनल खेल्यो। यसपाली भारतले उनकै कप्तानीमा आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनाएको छ। अष्ट्रेलियाविरुद्ध मंगलवार उतार-चड़ाउले भरिएको सेमिफाइनल म्याचमा जीत हासिल गरेपछि भारतीय कप्तान रोहितलाई खुशी देखियो। म्याचको स्थितिहरूबारे रोहितले भने, अन्तिम बलसम्म पनि केही निश्चित थिएन। आधा चरणमा हामीलाई यो उचित स्कोर लाग्यो। पीचको प्रकृतिले तपाईंलाई शट् खेल्ने छूट दिएको थिएन तर हामीले असल ब्याटिंग गऱ्यौं। लक्ष्यलाई पीछा गर्दा हामी शान्त र संयमित थियौं। आज पीच हेर्दा राम्रो लागिरहेको थियो। पीच न्यूजील्याण्डविरुद्ध म्याचमा सामान्य असल थियो। आजको पीचमा चाहिँ स्पिनरहरूका निम्ति अतिरिक्त सहायता थिएन। अन्तमा यो सब असल क्रिकेट खेल्नुसँग सम्बन्धित छ। हामीसँग केही अनुभवी व्यक्तिहरू छन्। म आफ्नो टीमबाट यस्तै चाहन्छु। हामीसँग बलिंगमा ६ वटा विकल्प छ अनि ब्याटिंगमा पनि गहिराई छ। यसको श्रेय ती सबैलाई जान्छ, जो टीम बनाउनमा सामेल थिए। उनीहरूले सालौंदेखि यस्तो गर्दै आएका छन्।
रोहितले भने, लक्ष्यलाई पीछा गर्दा हामी शान्त थियौं। अन्तमा हार्दिकको शट्हरू महत्त्वपूर्ण थियो। फाइनल खेल्न अघि कुनै पनि कप्तानले आफ्ना सबै खेलाड़ीहरू फर्ममा रहेको हेर्न चाहन्छन्। यी सबैले आज प्रभावशाली प्रदर्शन गरे अनि यसले हामीलाई पर्याप्त आत्मविश्वास प्राप्त भयो। फाइनलको प्रतिद्वन्द्वीबारे हामी अधिक सोच्ने छैनौं। यो अधिक दबाउ रहेको टुर्नामेण्ट हो। अब हामी केही समय आराम गर्नेछौं अनि फाइनलबारे सोच्नेछौं। भारतको निम्ति म्याच जिताउने अर्द्धशतक बनाउने विराट कोहलीले पनि म्याचलाई दबाउ रहेको बताए। प्लेयर अव् द म्याच रहने कोहलीले भने, यो म्याचमा पनि पाकिस्तानविरुद्ध म्याच झैं दबाउ थियो। परिस्थितिहरूलाई बुझ्नु अनि ब्याटको साथ स्ट्राईक रोटेट गर्नु महत्त्वपूर्ण थियो। यस प्रकारका पीचहरूमा पार्टनरशीप गर्नु जरूरी हुन्छ। आज हामीले त्यही गऱ्यौं। लक्ष्यलाई अघि राखेर ईनिंग्सलाई आकार दियौं। मेरो टाइमिंग र क्रीजमा संयम ठीक रह्यो। म हतारमा थिइनँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement