अष्ट्रेलियालाई ४ विकेटले पराजित गरी भारत फाइनलमा

IMG-20250304-WA0280

दुबई: भारतले आफ्नो कट्टर प्रतिद्वन्द्वी अष्ट्रेलियालाई ४ विकेटले पराजित गरी आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनायो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा मंगलवार खेलिएको पहिलो सेमिफाइनलमा अष्ट्रेलिया पहिला ब्याटिंग गर्दै ४९.३ ओभरमा २६४ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले ४८.१ ओभरमै ६ विकेटमा २६७ रन बनाएर म्याच जित्यो। भारतलाई यादगार जीत दिलाउनमा विराट कोहली (८४ रन)-को अर्द्धशतकको महत्त्वपूर्ण भूमिका रह्यो। आज भारतको जीतसँगै टुर्नामेण्टको फाइनल म्याच पनि दुबईमै खेलिने पक्का भयो। कोहलीले आज ५ वटा चौकाको साथ ९८ बल खेलेर ८४ रन बनाए। कोहली बाहेक श्रेयस अय्यरले ४५ र केएल राहुलले अविजित ४२ रन बनाए। यसरी कप्तान रोहित शर्मा र हार्दिक पाण्ड्याले २८-२८ रनको योगदान दिए। भारतले आज शुभमन गिल (८) र रोहितको ओपनिंग जोड़ीलाई ४३ रनमै गुमाएपछि कोहलीले श्रेयससँग तेस्रो विकेटको निम्ति ९१ रनको पार्टनरशीप गरे। श्रेयसले ६२ बल खेलेर ३ वटा चौका लगाए। श्रेयसको पतनपछि कोहलीले अक्षर पटेल (२७)-सँग मिलेर स्कोरलाई १७८ रनसम्म पुऱ्याए। अक्षर आउट भएपछि कोहलीले राहुलसँग पाँचौं विकेटको निम्ति ४७ रन जोड़े। पछिबाट कोहली र हार्दिक पाण्ड्या लगातार आउट भए पनि राहुलले रविन्द्र जडेजा (अविजित २ रन)-सँग मिलेर टीमलाई जीत दिलाए। अष्ट्रेलियाई बलरहरूमा नाथन एलिस र एडम जाम्पाले २-२ विकेट लिए। टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा बुधवार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच भिड़न्त हुनेछ ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै अष्ट्रेलियाई टीम ४९.३ ओभरमा २६४ रन बनाएर अलआउट भयो। अष्ट्रेलियाको तर्फबाट कप्तान स्टीव स्मिथ (७३ रन) र एलेक्स केरी (६१ रन)-ले अर्द्धशतक बनाए। यसबाहेक ओपनर ट्रेविस हेडले ३९ रनको योगदान दिए। भारतीय बलरहरूमा मोहम्मद शमीले सर्वाधिक ३ विकेट लिए। यसबाहेक वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ विकेट हासिल गरे। अष्ट्रेलियालाई चुनौतीपूर्ण परिस्थितिहरूबीच असल स्कोरसम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्मिथले ९६ बल खेलेर ४ वटा चौका र एउटा छक्का लगाए। यसरी केरीले ५७ बल खेलेर ८ वटा चौका र एउटा छक्का लगाए। यसरी भारतको मुख्य चिन्ता ट्रेविस हेडले ५ वटा चौका र २ वटा छक्काको साथ ३३ बल खेलेर ३९ रन बनाए। उनलाई वरुण चक्रवर्तीले आउट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement