दोस्रो एशियन योगासन च्याम्पियनशीपको आयोजन गर्न तयार भारत

IMG-20250304-WA0286

नयाँ दिल्ली, ४ मार्चः भारत दोस्रो एशियन योगासन च्याम्पियनशीपको आयोजन गर्न तयार छ। च्याम्पियनशीपको आयोजन २९-देखि ३१ मार्चसम्म नयाँ दिल्लीको इन्दिरा गान्धी स्टेडियममा हुनेछ, जसमा जम्मा १६ वटा देशले हिस्सा लिनेछ। खेल मन्त्रालय र योगासन भारतको सहयोगले आयोजन गरिने यस च्याम्पियनशीपको उद्देश्य योगासनको समृद्ध विरासत र सांस्कृतिक महत्त्वलाई अप्नाउँदै अन्तर्राष्ट्रिय स्तरमा यसको प्रदर्शन गर्नु हो। एशियन ओलम्पिक काउन्सिल, विश्व योगासन, एशियन योगासन र योगासन इन्द्रप्रस्थद्वारा समर्थित यस च्याम्पियनशीपबारे खेल मन्त्री मनसुख माण्डवियाले भने, योगको जन्मभूमि भारतलाई दोस्रो एशियन योगासन च्याम्पियनशीप आयोजन गर्ने गौरव प्राप्त भएको छ। यो आयोजन केवल एउटा प्रतियोगिता होइन। यो हाम्रो प्राचीन ज्ञानको उत्सव हो, जुन आधुनिक प्रतिस्पर्धी खेलको रूपमा विकसित भइरहेको छ। हामी योगासनलाई वैश्विक खेल बनाउन प्रतिबद्ध छौं। एशियन योगासनका अध्यक्ष सञ्जय मालपानीले च्याम्पियनशीपको भने, योगासन च्याम्पियनशीप योगासनलाई विश्व स्तरमा मान्यता प्राप्त खेलको रूपमा स्थापित गर्ने हाम्रो लक्ष्यको एउटा निर्णायक क्षण हो। हामी यसमा आधुनिक एथलेटिक उत्कृष्टताको साथ परम्पराको मिश्रण देखिरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement