नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार इण्डिया गेटमा ‘कर्तव्य पथ’को उद्घाटन गर्नेछन्। साथै यस अवसरमा उनी नेताजी सुभाष चन्द्र बोसको ग्रेनाइटले बनेको प्रतिमाको पनि अनावरण गर्नेछन्। प्रधानमन्त्री कार्यालयअनुसार प्रधानमन्त्री मोदी ८ सेप्टेम्बरमा साझँ ७ बजे ‘कर्तव्य पथ’ उद्घाटन गर्नेछन्। कार्यालयअनुसार सत्ताको प्रतीक तत्कालीन राजपथको नाम बदली गरी कर्तव्य पथ गर्नु जन प्रभुत्व र सशक्तिकरणको एक उदाहरण हो।

प्रधानमन्त्रीले यस अवसरमा इण्डिया गेटमा ग्रेनाइटले बनेको नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको पनि अनावरण गर्नेछन्। यो कदम प्रधानमन्त्रीको ‘पंच प्रण’ मध्ये एक हो बताइँदैछ अर्थात् ‘औपनिवेशिक मानसिकताको कुनैपनि निशान होस्, त्यसलाई मेटाइयोस्l’
सरकारअनुसार वर्षौंदेखि राजपथ र सेन्ट्रल विस्टा एवेन्यू वरिपरिका क्षेत्रहरूमा आगन्तुकहरूको बढ्दो भीड़को दबाव देखिन्दै थियो, जसबाट यसको बुनियादी ढाँचामाथि दबाव बनिरहेको थियो। यसमा सार्वजनिक शौचालय, पिउने पानी, स्ट्रीट फर्नीचर र पार्किङ स्थलको पर्याप्त व्यवस्था जस्ता बुनियादी सुविधाहरूको अभाव थियो। यस बाहेक मार्गहरू नजिक अपर्याप्त बोर्ड, पानीको खराब सुविधाहरू र अव्यवस्थित पार्किङ थियो। साथै गणतन्त्र दिवस परेड र अन्य राष्ट्रिय कार्यक्रमहरूमा कम गड़बड़ी र जनताको आवाजाहीमा कमभन्दा कम प्रतिबन्ध लगाउने आवश्यकता महसूस गरियो। यी चिन्ताहरूलाई ध्यानमा राख्दै पुनर्विकास गरियो जबकि वास्तु शिल्पको चरित्र बनाई राख्ने र अखण्डता पनि सुनिश्चित गरियो। ‘कर्तव्य पथ’ले उत्तम सार्वजनिक स्थानहरू र सुविधाहरूलाई प्रदर्शित गर्नेछ, जसमा पैदल मार्गको साथ लेन, हरियो-परियो स्थान, नवीनीकृत नहरहरू, मार्गहरू नजिक लागेको राम्रो बोर्ड, नयाँ सुख-सुविधाहरू भएको ब्लक र बिक्री स्टल हुनेछन्। यस बाहेक यसमा पैदल यात्रीहरूको निम्ति नयाँ अण्डरपास, शानदार पार्किङ स्थल, नयाँ प्रदर्शनी प्यानल र रातको समय जल्ने आधुनिक लाइटहरूले मानिसहरूलाई राम्रो अनुभव हुनेछ। यसमा ठोस अपशिष्ट प्रबन्धन, भारी वर्षाका कारण एकत्र जलको प्रबन्धन, उपयोग गरिएको पानीको पुनर्चक्रण, वर्षा जल संचयन र ऊर्जा कुशल प्रकाश व्यवस्था जस्ता अनेक दीर्घकालिक सुविधाहरू सामेल छन्।
नेताजी सुभाष चन्द्र बोसको प्रतिमा त्यही स्थानमा स्थापित गरिन्दैछ, जहाँ यस वर्षको शुरूआतमा पराक्रम दिवस (२३ जनवरी) को अवसरमा नेताजीको होलोग्राम प्रतिमाको अनावरण गरिएको थियो। ‘ग्रेनाइटले बनेको यो प्रतिमा स्वतन्त्रता संग्राममा नेताजीको अपार योगदानको निम्ति उनलाई साँचो श्रद्धाञ्जलि हुनेछ र देश उनीप्रति ऋणी हुने प्रतीक हुनेछ’, उनले भने। मुख्य मूर्तिकार अरूण योगीराजद्वारा २८ फूट अग्लो प्रतिमालाई एक ग्रेनाइट ढुंगाबाट तयार गरिएको छ र यसको ओजन ६५ मेट्रिक टन छ।









