पाकिम: “सौन्दर्य र समृद्धिका लागि अर्किड” विषयमा आयोजित अन्तर्गत अर्किड महोत्सव २०२५ को समापन आज विभिन्न कार्यक्रमसंगै भयो। उक्त चार दिवसीय कार्यक्रम भारतीय कृषि अनुसन्धान केन्द्रले आयोजन गरेको हो। महोत्सवले देशको फूल खेती उद्योगलाई विकास गर्न र यसको सम्भावनालाई विस्तारलाई प्रमुखता दिएको छ। कार्यक्रमको अन्तिम दिन, बोन्साई बिरुवाहरूमा केन्द्रित एक प्राविधिक सत्र सञ्चालन गरिएको थियो। यसका साथै विभिन्न स्वयं सहायता समूहहरूले पनि कार्यक्रममा आफ्ना उत्पादनहरू प्रदर्शन गरेका थिए। विभिन्न अर्किड उत्पादकहरुतो उत्पादले अर्किड खेतीमाथि ज्ञानको आदानप्रदानमा मदत पुगेको थियो। समारोहको समापन अवसरमा पुरस्कार वितरणसँगै विभिन्न वर्गका विजेताहरूलाई प्रमाण पत्र प्रदान गरियो। कार्यक्रमको क्रममा सिक्किमको समापन अवसरमा आईसीएआरका निर्देशक डा. एसपी दासले महोत्सवको उद्देश्य र आगामी कार्यक्रमबारे जानकारी गराए।