तीन दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलनको समापन

IMG-20250304-WA0293

गान्तोक: गैरसरकारी संस्था भोइस अनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सांस्कृतिक प्रकोष्ठको संयुक्त पहलमा नाम्चीको टाउन हलमा गत २ मार्चदेखि आयोजित तीन दिवसीय सिक्किम कलाकार भरोसा सम्मेलनको समापन आज भयो। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए। विशिष्ठ अतिथिको रुपमा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा मन्त्रीगण, विधायकगण, मिख्यमन्त्रीका सल्लाहकारगण, राजनीतिक सचिव, प्रेस सचिवको उपस्थिति रहेको थियो। तीन दिवसीय समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले तीन दिवसीय कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा आयोजक समितिलाई बधाई दिए। राज्यको कलाकारहरूलाई प्रोत्साहन दिन साथै एक आपस्तमा मेलमिलाप बढाउनको निम्ति यो सम्मेलन आयोजन गरिएको बताए। उनले थप जानकारी गराए अनुसार यस प्रकारको कार्यक्रम केवल चुनाउको मुखमा प्रोपोगाण्डाको रुपमा हुने गरेको तर एसकेएम सरकारले कलाकारहरूको साँचो साथी बनेर प्रभावी कार्य गरिरहेको किटान गरे। कलाकारहरूलाई सशक्त बनाउन अघिबाटै सिक्किम आर्ट कल्चर एण्ड हेरिटेज बोर्डको गठन गरेको अनि एक करोड रुपियाँको धनराशी छुट्याइ सकेको पनि जानकारी गराए। अब चाँडै यो बोर्डको अध्यक्ष नियुक्त गरिने मुख्मन्त्री तामाङले जानकारी गराए। आज सम्मानित कलाकारहरूबाट चयन गरेर स्वतन्त्र दिवस अनि गणतन्त्र दिवसमा राज्य पुरस्कार प्रदान गरिने घोषणा गरे। कलाकारहरू राज्यको राजदुत रहेको उल्लेख गर्दै कलाकारहरूको भरोसा एसकेएम सरकार अनि सरकारको भरोसा कलाकारहरूमाथि हुने बताए। अब चाँड़ै कलाकारहरूको निम्ति नोकरीमा आरक्षण गरिने जानकारी गराए। कलाकारहरूको निम्ति काम गरिरहँदा फेसबुकमा नकारात्मक अभिव्यक्ति दिनेहरूले कलाकारहरुको समस्यामाथि ध्यान नदिएको उल्लेख गरे। सिक्किममा आज कलाकारहरुका लागि केही भएको छैन भन्नेहरूले सिक्किमे गरीब जनता, रोगीहरू, विद्यार्थी, महिला, युवाहरूको निम्ति के कसो कार्य भएको छ सोबारे सोधखोज गर्ने सल्लाह दिए। यससँगै आजको कार्यक्रममा मुख्यमन्त्री तामाङले मुख्यमन्त्री रोजगार योजनाको पनि घोषणा गरे। आजको कार्यक्रममा नेपालका कलाकारहरू तक्मे बुडा (विल्सन विक्रम राई) फुलन्देकी आमा अनि मिरिकका अमुइनी समुहले पनि प्रस्तुती दिएका थिए। कार्यक्रममा मुख्यमन्त्री तामाङको बाहुलीबाट पद्मश्री पुरस्कारको निम्ति मनोनित नरेन गुरूङ, निर्माता- निर्देशक उगेन छोपेल भोटिया अनि निर्देशक प्रशान्त ठटाललाई सम्मान जनाइयो। यसरी नै १२ जात गोष्ठिका विभिन्न व्यक्तित्वलाई सम्मान जनाइयो। सिक्किमका विभिन्न नृत्य अनि संगीत अकादमीहरूलाई पाँच-पाँच लाखको चेक पनि प्रदान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement