लाभार्थीहरुलाई कृषि सामग्री वितरण

IMG-20250304-WA0292

सोरेङ: पालन तथा पशु चिकित्सा सेवा विभाग र सोरेङ जिल्ला प्रशासनिक केन्द्रको समन्वयमा माबोङ सेगेङ जीपीयू र सामसिङ पिपले जीपीयूका ६० लाभार्थीलाई आवश्यक सामग्री प्रदान गरियो। यस अवसरमा प्रत्येक लाभार्थीलाई १८० वटा चल्ला, १० बोरा दाना र १० हजार रूपियाँ पनि हस्तान्तरण गरियो। यो पहल समष्टिभित्र आत्मनिर्भरता बढाउन र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले शुरू गरिएको हो। कार्यक्रममा सोरेङ जिल्लाका जिल्ला उपाध्यक्ष चन्द्रवीर शंकर, पञ्चायत सदस्यहरू लगायत विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। लाभार्थीहरूले राज्यका क्षेत्रका विधायक मदन सिञ्चुरीलाई आभार व्यक्त गरेका छन्। आज सहुलियत वितरणबाट छुटेका लाभार्थीहरूको लागि अर्को वितरण कार्य तुरुन्तै गरिने आश्वासन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement