गान्तोक: पाकिम जिल्लाका जिल्लापाल रोहन अगवानेको अध्यक्षतमा आज नवौं जिल्ला परामर्श समितिको बैठक बस्यो। वित्तीय समावेशी र जनसुरक्षालाई प्रमुखता दिँदै बैठकले छलफल गरेको थियो। बैठकको मुख्य लक्ष्य जिल्लाभित्र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने र वित्तीय समावेशीकरण बढाउने रहेको छ। यसका साथै वित्तीय योजनाहरूको कार्यान्वयन सुनिश्चित गर्ने निर्णय पनि लिएको थियो। आजको बैठकले अघिल्लो बैठकमा लिएको निर्णयबारे पनि समीक्षा गरेको थियो। योसँगै जिल्लामा वार्षिक ऋण योजना र कृषि, सूक्ष्म, साना र मझौला उद्यमहरू साथै अन्य क्षेत्रहरूसहित विभिन्न कार्ययोजनाको उपलब्धिहरूको समीक्षा पनि गरि यो। यसबाहेक रोजगार स़ृजना कार्यक्रम, पाकिम जिल्लाका शाखाहरूमा किसान क्रेडिट कार्ड जारी, नवीकरण र स्वयं सहायता समूहको स्थितिमाथि पनि चर्चा परिचर्चा गरियो। स्थानीय बासिन्दाहरूको समस्यालाई सहयोग गर्न र उनीहरूमा वित्तीय साक्षरता बढाउने कुरामा बल दिएको थियो। जिल्लापालले वित्तीय साक्षरता तथा ऋण परामर्श कार्यक्रमलाई फराकिलो बनाउन अझ प्रयास गर्नुपर्ने विषयमा जोड दिए।