मुख्यमन्त्री तामाङद्वारा मणिराम भ़ञ्ज्याङमा एसबीएस शाखा कार्यालयको उदघाटन

IMG-20250304-WA0290

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नाम्ची जिल्लाअन्तर्गत मणिराम भञ्ज्याङमा स्थापित स्टेट ब्यांक अफ सिक्किम शाखाको उद्घाटन गरे। उदघाटनपछि मुख्यमन्त्रीले यो पूर्वाधार स्थानीय जनताप्रति समर्पित गरे। सिक्किम कलाकार भरोसा सम्मेलनको समापन कार्यक्रममा सहभागी जनाउनको निम्ति जाने क्रममा आज बिहान उनले उक्त उदघाटन गरेका हुन्। राज्यका नागरिकहरूका लागि व्यांक सुविधा साथै राज्य सरकारको शासन व्यवस्थामा थप नयाँ पहल स्थापना गर्ने लक्ष्य राखेर यस प्रकारको कार्ययोजना शुरु गरिएको छ। स्थानीय बासिन्दाहरूलाई गाउँमै हरेक सुविधा उपलव्ध गराउन एसबीएसले शाखा कार्यालय शुरु गरेको जानकारी गराएको छ। राज्य सरकार र स्थानीय प्रशासनले नागरिकहरूलाई सहयोग प्रदान गर्ने र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने प्रयासहरू मध्ये यो पनि एक पहल रहेको बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement