साहित्यकार टोलीद्वारा दिव्य थियोलोजिकल ओपन यूनिभर्सिटीको भ्रमण

IMG-20250304-WA0289

गेजिङ: दिव्य थियोलोजिकल ओपन विश्वविद्यालयद्वारा सञ्चालित पुस्तकालयले आयोजन गरेको एक अध्ययन भ्रमणमा राज्यका साहित्यिक संगठनका प्रतिनिधिहरूले भाग लिए। दक्षिण सिक्किमको नाम्चीमा अवस्थित उक्त विश्वविद्यालयद्वारा सञ्चालित पुस्तकालयमा पश्चिम सिक्किम साहित्य प्रकाशनका सदस्यहरूले सहभागिता दिए। विश्वविद्यालयका कुलपति डा. मनोज कुमार राईले टोलीलाई स्वागत गरेका थिए। यस पुस्तकालयले साहित्यिक अध्ययनमा रुचि राख्ने विद्यार्थी, शोधकर्ता तथा पाठकहरूलाई मूल्यवान पुस्तकहरू उपलब्ध गराउँदै आएको छ। हालै विश्वविद्यालयले पुस्तकालयको समृद्धि तथा पुस्तक संग्रहको लागि कार्यक्रम आयोजना गरेको थियो। जसअन्तर्गत विभिन्न साहित्यिक संस्थाहरू र प्रतिष्ठित लेखकहरूबाट महत्वपूर्ण कृतिहरू संकलन गरिएको छ। पुस्तकालयको अवलोकनको क्रममा साहित्यकारहरूले यसको संरचना, पुस्तकहरूको विविधता र अध्ययनका लागि उपलब्ध सुविधाहरूबारे जान कारी लिएका थिए। पुस्तकालयले ज्ञान विस्तार र साहित्यिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। विश्वविद्यालय प्रशासनले अझ व्यवस्थित गर्दै विभिन्न शोध तथा साहित्यिक विमर्श कार्यक्रमहरू आयोजन गर्ने योजना बनाएको छ। स्थानीय तथा राज्य बाहिरका साहित्यप्रेमीहरूको सक्रिय सहभागिताले पुस्तकालयलाई अझ समृद्ध तुल्याउने अपेक्षा गरिएको छ। यो पुस्तकालय सबैका लागि सधैँ खुल्ला रहने कुलपति राईले जानकारी गराए। आजको यस भ्रमण अवसरमा पद्भश्री केदार गुरुङ, पश्चिम सिक्किम साहित्य प्रकाशनका अध्यक्ष रिकिलमु लेप्चा, उपाध्यक्ष दलमान पीर, सचुव लक्ष्मीप्रसाद गुरुङ, साहित्यकार गोबर्धन बास्तोला, युवा साहित्यकार केएन शर्मा लगायत पूर्व अनि दक्षिण सिक्किममका साहित्यकारको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement