सीबीआईद्वारा मन्त्री मलय घटकको घरमा छापा

IMG_20220907_200840.jpg

कोलकाता: कोइला तस्करी मामलामा मन्त्री मलय घटकको घरमा सीबीआईले छापा मारेको समाचार छ। उनको घरमा साढे पाँच घण्टा खोजी अभियान चलाइएको बताइएको छ। साथै उनकी पत्नीलाई पनि सोधपुछ गरिएको थियो। यसैबीच, मन्त्री मलय घटकको आसनसोल र कोलकातास्थित घरमा सीबीआईले छापा मारेपछि उनकी पत्नी सुदेष्णा घटकले सीबीआई अधिकारीहरूले केही नभेटेको दाबी गरेकी छिन्। मन्त्रीकी पत्नीले राज्य मन्त्रीको घर देखेर सीबीआई अधिकारीहरू ‘चकित’ भएको बताइन्। मन्त्रीको घर पनि यस्तो हुनसक्ने भन्दै आश्चर्य व्यक्त गरेको पनि उनको भनाइ छ। उनले सीबीआई अधिकारीहरूको व्यवहारको पनि प्रशंसा गरिन्। यद्यपि सुदेष्णाको दाबीबारे सीबीआईबाट कुनै प्रतिक्रिया आएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement