कालचिनी: कालचिनी खण्डको विभिन्न चियाकमान क्षेत्रमा मंगलवार राती करम डाली पूजा धूमधामसित मनाइयो। यस पुजामा व्रत बस्ने महिला अनि युवतीहरूले आज बिहान पारन गरेर विधि-विधान अनुसार करम डाली विसर्जन गर्यो।कालचिनीको डीमा नदीमा आज करम डाली विसर्जनको आयोजना गरिएको थियो। डीमा नदीमा मानिसहरूको अधिक भीड रहेको थियो। सांस्कृतिक कार्यक्रम लगायत सबैलाई धामसा मादलको तालमा आदिवासी नृत्य गरिरहेको देखियो। अर्कोतिर, कालचिनी ब्लकको मधु चिया बगानमा पनि आज करम डाली विसर्जनको आयोजना गरियो। मंगलवार राति मधु चिया बगानमा करम डाली पूजा गरेपछि आज बिहान करम डाली विसर्जन गरियो। मधु चिया बगानमा नदीमा करम विसर्जनको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो। सबै आदिवासी समुदायका मानिसहरूले धमसा मादलको तालमा नृत्य गरेको देखियो।









