दार्जिलिङको ट्राफिक समस्यालाई केन्द्र गरेर एडभाइजरी कमिटी गठन गरिने

IMG-20250304-WA0248

दार्जीलिङ: दार्जिलिङको ट्राफिक समस्यालाई केन्द्र गरेर एडभाइजरी कमिटी गठन गरिने छ। आज जीटीए, जिल्ला प्रशासन, दार्जिलिङ नगरपालिका अनि ट्रान्सपोर्ट एसोसिएसनलाई लिएर गठन गरिने उक्त कमिटीले ट्राफिक समस्यामाथि लगाम लगाउन काम गर्ने जानकारी छ। जीटीए सचिवालय लालकोठीमा भएको संयुक्त बैठकपछि यसबारे बेलुकीसम्म अधिसूचना जारी गरिने जीटीएको मुख्य कार्यपाल अनित थापाले बताएका छन्।


पत्रकारहरुसित कुराकानी गर्दै उनले अर्कोतिर ५ डेसिमल पट्टालाई लिएर राजनीति धेर भएको प्रतिक्रिया व्यक्त गरे भने श्रमिकहरुको अधिनमा भएको सबै जमीनको पट्टा दिने स्पष्ट अधिसूचना नआएसम्म हाल सर्वे स्थगित गरिएको मत व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement